डिसीनेपाल डटकम संवाददाता - नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले अहिलेको अवस्थामा कुनैपनि हालतमा निर्वाचनमा नजाने बताउनुभएको छ । निर्वाचनलाई नौटङ्कीको संज्ञा दिदै उहाँले चुनाव भए पनि त्यसले निकास दिन नसक्ने जिकिर गर्नुभयो ।
लोकतन्त्रका स्थापित मुल्य मान्यतालई कुल्चिएर दलहरु अघि बढेकोले अहिलेको अवस्था आएको अध्यक्ष बैद्यको आरोप छ । तर वर्तमान सरकारको खारेजीसँगै गोलमेच सम्मेलन गरि दलहरुबाटै प्रधानमन्त्री बनाएर समस्याको समाधान खोजे आफूहरु निर्वाचनको लागि तयार रहेको उहाँको भनाई छ ।
न्युज ट्वान्टी फोर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम टफ टक वीथ दिलभुषण पाठकसँग कुरा गर्दै उहाँले नेपालमा क्रान्ति बाँकी नै रहेको उल्लेख गर्नुभयो । जनताको मुक्ति नभएसम्म क्रान्ति जारी रहने उहाँले उल्लेख गर्नुभयो । अब तपाईंहरुको क्रान्ति कस्तो हुन्छ भनी सोधिएको प्रश्नमा उहाँर्ले त्यसको स्वरुप सत्ताधारी कसरी प्रस्तुत हुन्छन भन्ने कुराले निर्धारण गर्ने बताउनुभयो ।
। मुक्तिको प्रक्रियामा संघर्ष हुन्छ र संघर्षको प्रक्रियामा क्षति हुन्छ’ उहाँले भन्नुभयो– संघर्षको प्रक्रियामा हुने क्षति मामुली हो ।’ अर्को एक प्रशंगमा अध्यक्ष बैद्यले विदेशीको इसारामा जनयुद्ध भएको भन्ने कुरालाई पुष्टी गर्न चुनौती समेत दिनुभयो ।
येस्तै ताजा समाचार को लागि यहाँ जानुहोला  तपाई को साथ् मा रहने छोउ 
 
 
 
 
No comments :
Post a Comment