Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बाबुराम र प्रचण्डले चुनाव लड्न नपाउने

Friday, 5 April 2013

बाबुराम र प्रचण्डले चुनाव लड्न नपाउने

२३ चैत, काठमाडौं । निर्वाचन आयोगले संविधानसभा सम्बन्धी अध्यादेशमा परिमार्जन नभए एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा चुनावमा भाग लिन नपाउने हुने भएको छ ।
निर्वाचन आयोगद्धारा प्रस्तावित अध्यादेशमा उम्मेदवारले आफ्नो मनोनयन पत्र पेश गर्दा उम्मेदवारले आफूविरूद्ध कुनै पनि फौजदारी मुद्धा नलागेको विवरण पेश गर्नु पर्नेछ । पाटन अदालतमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईसहित ५ सय ८६ जनाविरूद्ध फौजदारी मुद्धा फेला परेपछी निर्वाचनको आयोगको नयाँ प्रावधान अनुसार उनीहरुले चुनावमा भाग लिन नपाउने भएका छन् । 
सिन्धुलीको भिमान प्रहरी चौकीमाथि आक्रमण गरी ४९ जना विभिन्न तहका प्रहरी कर्मचारीको हत्या गरेको र ५ लाख २२ हजार रुपैयाँको क्षति पुर्याइएको आरोपसहित पुनरावेदन अदालतमा मुद्दा चलेको पाइएको छ । उक्त मुद्धा तत्कालीन न्यायाधीश मिनेन्द्रबहादुर कार्की र केशरमान पतीले हेरेका थिए ।
एमाओवादी नेता प्रचण्ड र बाबुरामलगायत प्राय सबै केन्द्रीय नेताहरुका नाममा देशैभरि अदालत या प्रहरी कार्यालयमा कुनै न कुनै फौजदारी मुद्दाहरुको रेकर्ड रहेका कारण यदी नयाँ प्रावधान लागू भए कुनै पनि नेताले निर्वाचनमा भाग लिन पाउनेछैनन् ।

No comments :

Get Widget