Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सामसुङको नाफा चुलियो, तीन महिनामै झण्डै ८ अरब डलर

Friday, 5 April 2013

सामसुङको नाफा चुलियो, तीन महिनामै झण्डै ८ अरब डलर



दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङको नाफा ५३ प्रतिशतले बढेको छ । चालु वर्ष सन् २०१३ को पहिलो त्रैमासिकमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशत बढि रहेको कम्पनीले अनुमान गरेको छ । खासगरी स्मार्टफोनको बिक्री चुलिएपछि सामसुङको नाफा बढेको बताइएको छ । यो त्रैमासिकमा कम्पनीले ७ अर्ब ७० करोड डलर नाफा कमाएको छ ।
samsung
आफ्ना ग्यालेक्सी सिरिजका स्मार्टफोनको सफलतासँगै सामसुङ विश्वको नम्बर वान मोबाइल ब्राण्ड बन्न सफल भैसकेको छ । गएको वर्षमात्रै सामसुङले स्मार्टफोनको बजारमा एप्पललाई पछि पार्दै पहिलो स्थान कब्जा गरेको थियो ।
विश्लेषकहरुले एप्पलको नाफा आउँदा दिनमा अझै बढ्ने अनुमान गरेका छन् । सामसुङले यो महिनाको अन्त्यदेखि बजारमा ल्याउने तयारी गरिरहेको ग्यालेक्सी एस फोर स्मार्टफोनको बिक्री निकै उच्च हुने र सोही कारण सामसुङको नाफा चुलिने अनुमान धेरैको छ ।
यो वर्षको सुरुतिर सार्वजनिक भएको ग्यालेक्सी एस फोर यहीँ महिनादेखि बजारमा छाउँदैछ । यो स्मार्टफोनमा निकै राम्रा फिचर्स रहेको र अत्याधुनिक प्रविधि समेत रहेकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने विश्वास गरिएको छ । यो स्मार्टफोन प्रयोगकर्ताको आँखाको इशाराले समेत चल्ने र एकै पटक दुइवटा तस्वीर खिच्न सकिने क्षमताको रहेको छ । विश्लेषकहरुका अनुसार यो स्मार्टफोन एप्पलको आइफोन फाइभको ठूलो र गम्भीर प्रतिस्पर्धी हुनेछ । विश्लेषकहरुले आउँदा तिन महिनामा मात्रै २ करोड २० लाख वटा ग्यालेक्सी एस फोर स्मार्टफोन बिक्री हुने अनुमान गरेका छन् ।
सामसुङले आउँदो अपि्रल २६ गते प्रथम त्रैमासिकको सम्पूर्ण आय विवरण सार्वजनिक गर्दैछ ।

No comments :

Get Widget