 घरमा बालबच्चाको हेरचाह गर्नका लागि सुसारे राखेको तथा घर कुर्न वा घरायासी काम गर्नका लागि घरेलु कामदार राखेको कुरा त सामान्य हो । तर, चीनमा एक परिवारले आफ्नो १३ वर्षे छोराको हेरचाहका लागि घरमा १५ फिट लामो अजंगको अजिंगर पालेको छ ।

दक्षिणी चीनको डोंगुआनका चान लिउले आफ्नो १३ वर्षे छोरा आजेको हेरचाहका लागि २२० पाउण्ड तौलको बर्मेली अजिंगर घरमा पालेका छन् भन्ने सुन्दा सबैलाई अचम्म लाग्छ । साँच्ची त्यो अजिंगर १३ वर्षे आजेको निकै मिल्ने साथी पनि बनेको छ । आजेले अजिंगरलाई अँगालो हाल्छन्, सुम्सुमाउँछन् र चुम्बन पनि गर्छन् ।
अजिंगर पनि ती बालकको वरीपरी लुटपुटिन्छ र कहिले बिस्तारै सरीरमा गुँडुल्किन्छ । आफु गुडुल्किँदा आजेलाई दबाब नपरोस् भन्ने कुरामा अजिंगर निकै सतर्क हुने गरेको बताइन्छ । आजे ६ वर्षको छँदा चानले घरमा उक्त अजिंगर ल्याएका थिए । चान सर्प पृथ्वीको सबैभन्दा सुन्दर प्राणी रहेको भन्दै अजिंगर र आफ्नो छोरा सँगै भएको देख्दा आफुलाई निकै रमाइलो लाग्ने बताउँछन्
उनी छोरा र अजिंगरलाई घरमा छाडेर काममा जाने गरेका छन् । छोरा र अजिंगर छुटि्टनै नसक्ने साथी भएको देख्दा आफुलाई खुसी लाग्ने उनको भनाई छ ।
 
No comments :
Post a Comment