Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ड्यास माओवादीमा मारामार, विभाजनको खतरा

Tuesday, 30 April 2013

ड्यास माओवादीमा मारामार, विभाजनको खतरा


१७ वैशाख,काठमाडौ। संविधानसभा चुनावलाइ उपयोग गर्ने नगर्ने बिषयमा नेकपा माओवादीभीत्र विबाद सुरुभएको छ । पार्टीका चारवटा पिल्लर निर्वाचनको पक्षमा उभिएपछि ड्यास माओवादीमा हलचल पैदा भएको हो । पार्टी नेतृत्व संसदीय भासमा फस्न लागेको भन्दै सचिव नेत्रविक्रम चन्द आगो भएका छन ।
माओवादीको ‘धुरी खावो’ मानिएका महासचिव रामबहादुर थापा बादल सहित पार्टीका प्रभावशाली नेताहरु निर्वाचनको मोर्चालाइ पनि उपयोग गर्नुपर्ने पक्षमा उभिएपछि माओवादीमा नयाँ विबाद सुरु भएको हो । चुनावमा भाग लिने नलिने भन्नेमा अध्यक्ष बैद्य भने दोधारमा परेका छन ।
महासचिव बादलसंगै सचिव देव गुरुङ र प्रभावशाली नेताद्वय पम्फा भुसाल र हितमान शाक्य निर्वाचनलाइ उपयोग गरेर जानुपर्नेमा देखिएका छन । सरकारी वार्ता टोलीले चुनावमा भागलिने पक्षका नेताहरुसंग वार्ता प्रक्रिर्या अगाडी बढाएपछि माओवादीमा नयाँ खालको विबाद सुरु भएको हो ।
कसरी संभव भयो वार्ता ?
वर्तमान सरकारको बर्खास्ती माग सहित आन्दोलनमा रहेका नेकपा माओवादीका अध्यक्षलाइ भेटन सरकारका दुइजना प्रभावशाली मन्त्री माधव घिमिरे र माधव पौडेल लगसाता बैद्यको निवासमा पुगेका थिए–बैद्यको स्वास्थ्य स्थिती जानकारी दिने बहाना बनाएर ।
बैद्यले आफू अस्वस्थ रहेको भन्दै वार्ताको जिम्मेवारी आफ्ना दुइजना विश्वासपात्र गुरुङ र भुसाललाइ दिए । संचारमन्त्री पौडेलले आफ्ना पूराना साथी बादलसंगपनि सम्पर्क विस्तार गरेका थिए भने, सामान्य प्रसाशनमन्त्री बन्दा माधव घिमिरे र भुसालको संम्बन्ध राम्रो बनेको थियो ।
दुइ मन्त्रीको सम्पर्क सुत्रका आधारमा सरकारले माओवादी नेतासंग वार्तागरेको हो । केही चरणमा भएका वार्ता सकारात्मक भएपछि सरका रउत्साही भएको हो । समानुपातिक तर्फको कोटा पहिले जति पु-याएमा आफूहरु निर्वाचनमा भाग लिने माओवादीले संकेद दिएको छ ।
माओवादी फेरि टुक्रिने !
आफूलाइ वाइपास गरेर सरकारसंग वार्ता गरिएको भन्दै माओवादीका दोस्रा सचिव चन्द आगो भएका छन । निकटवर्तीलाइ पार्टी नेतृत्व तेस्रो एमाले बन्न लागेको भन्दै पार्टी भित्र लविङ सुरु गरिसहेका छन । ‘किरणजीहरुले क्रान्तिलाइ धोका दिनुभयो भने नयाँ क्रान्तिकारी पार्टी बन्नेछ, चन्दले बैद्य निकटमा व्यक्ती मार्फत माथी सन्देस पठाएका छन–नेतृत्वलाइ गद्दार घोषणा गरेर जान पर्ने अबस्था नआओस ।’
एकीकृत माओवादीवाट अलग्गिएको ड्यास माओवादीमा तिनवटा कित्ता देखिएका छन । पहिलो बैद्य, दोस्रो रामबहादुर थापा र तेस्रो चन्द । जनविद्रोहमा जानुपर्छ भन्ने चन्दको पक्षमा युवा कार्यकर्ताको समर्थन छ।

No comments :

Get Widget