Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : माछा मार्ने बम बनाउने क्रममा विष्फोट हुँदा दाङमा १ बालकको मृत्यु

Tuesday, 16 April 2013

माछा मार्ने बम बनाउने क्रममा विष्फोट हुँदा दाङमा १ बालकको मृत्यु



देवेन्द्र बस्नेत, दाङ, वैशाख ३ - माछा मार्नका लागि प्रयोग हुने बम बनाउने क्रममा विष्फोट भएर दाङ देउखुरीमा आज एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
देउखुरीको लालमटिया गाविस-२ खुरुरीयामा माछा मार्ने बम बनाउने क्रममा विष्फोट हुँदा १२ वर्षीय भुपेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।
सलाईको 'केप' पाइपमा भर्दै गर्दा विष्फोट भएको प्रहरीले जनाएको छ। विष्फोटमा परी सोही ठाउँका १४ वर्षीय नारायण चौधरी गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ। उनको हातमा गम्भीर चोट छ। घाइते नारायणलाई उपचारका लागि नेपालगंज लगिएको छ।


No comments :

Get Widget