Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : इरानको भुकम्पमा ४० को मृत्यु; भारतमा झट्का; नेपालमा कुनै असर परेन

Tuesday, 16 April 2013

इरानको भुकम्पमा ४० को मृत्यु; भारतमा झट्का; नेपालमा कुनै असर परेन


काठमाडौं, ३ वैशाख। दक्षिणी इरानमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भुकम्पले नेपालमा कुनै असर परेको छैन। भुकम्पको झटका भारतको उत्तरी भागमा परेको भातरीय सञ्चार माध्यमहरुले बताइ रहेको बेला नेपालमा भने कुनै असर नपरेको राष्ट्रिय भुकम्प मापन केन्द्र प्रमुख सोम सापकोटाले जानकारी दिनुभयो। यसैगरी दक्षिणि इरानमा गएको शक्तिशाली भुकम्पमा परि ४० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
उक्त भुकम्पको केन्द्र ईरान-पाकिस्तानको सिमाना नजिक ईरानी भु-भाग मा रहेको जनाईएको छ। नेपाली समय अनुसार १६:४५ मा उक्त भुकंम्प गएको थियो।  ७.८ रेक्टर स्केलको भुकम्प गत बर्ष देखि आएका भुकंम्पहरुमा सबै भन्दा शक्तीशाली रहेको पनि अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
यस अघी १० अप्रिलमा गएको भुकंम्पमा ३७ मानिसको ज्यान गएको र ९०० मानिस घाईते भएका थिए।
 यसैगरी  भारतको उत्तर प्रदेशमा समेत भुकम्पको झट्का महसुश गरिएको छ। भारत लगायत पाकिस्तानको क्वेटा र कराँचीमा पनि उक्त भुकंम्पको झटका महशुस गरिएको थियो। त्यसै गरि मध्यपुर्वका प्राय सबै देशहरुमा पनि झटका महशुस गरिएको बिभिन्न संचार माध्यमहरुले जनाएका छन्।

No comments :

Get Widget