चितवन, बैशाख ६ । हिजोआज जुनसुकै विवाद पनि पैसा अगाडि सारे सहजै मिल्न थालेको छ । क्षतिपूर्ति बापत पैसा दिएमा दुर्घटना होस् वा अरु तोडफोडका घटना नै, सहजै मिलिहाल्छ । अब यो सरेको छ विहेसम्बन्धि विवादमा पनि । पैसा दिएपछि विहे जस्तो मूहर्तपनि सहजै टर्न थालेको छ ।
यस्तै भएको छ, चितवनमा पनि । पूर्वी चितवनको रत्ननगरमा भएको विवाहसम्बन्धि विवाद पनि पाँच लाख रुपैयाँ दिइएपछि मिलेको छ । टिकाटालो लगाएर केटा फरार भएपछि केटी पक्षले सडक नै अवरुद्व गरी विरोध जनाएका थिए । उक्त विवाद दुवै पक्षले पैसा लेनदेन गरेर मिलाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनमा भएको छलफलपछि दुवै पक्ष विवाह रद्ध गर्ने, केटा पक्षले क्षतिपूर्ति बापत केटी पक्षलाई पाँच लाख रुपैयाँ दिने सहमति भएको हो ।
रत्ननगर–३ बेल्सीका सुजन खनालले रत्ननगर–८ पसौनीकी एक युवतीलाई गत फागुन ३० गते विवाह गर्न टीकाटालो गरेका थिए । पछि केटाले विहे गर्न नमान्दै भागेपछि केटी पक्षले हिजो पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारेका थिए ।
No comments :
Post a Comment