Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अचम्मको प्रेम कथा

Friday, 5 April 2013

अचम्मको प्रेम कथा

अचम्मको प्रेम कथा
by TB Pakhrin "Tulsi"
Jul 1, 2012
बिहानी पख
ओछयानमा सुती रहेको रमेशको मोबाईलमा दुई
पटक घण्टी बज्छ । अनि उसको निन्द्रा खुल्छ ।
कुन चै रैछ बिहान बिहानै मिसकल गर्ने । उ
नम्बर हेर्न थाल्छ नम्बर नयाँ थियो । कसैलाई
एमेरजेन्सी परेर मिसकल गरया हो की रिडायल
गर्छ । उताबाट फोन रिसिभ गर्छ ।
हेलो...केटीको आवाज सुनिन्छ । एकछिन छक्क
पर्छ ।
रमेशः यो नम्बरबाट मिसकल आएको थियो ।
त्यही भएर कल गरेको...हजुर को बोल्नु भएको ।
उताबाट जवाफ आउछः म निशा बोलेको....चिन्नु
भएन हजुरले । रमेश फेरी एक पटक टोलाउछ ।
रमेशः को निशा...मैले चिनिन नि ।
निशाः हजुर पनि कस्तो कुरा गर्नु
हुन्छ...चिनेर पनि नचिने झैं ।
रमेशः ल ल चिने भन्दै रमेशले फोन राख्छ ।
अनि गुन गुनाउछ....एक त निन्द्रा खराब
साथमा दिमाग पनि खराब ।
भोली फेरी त्यही समयमा मिसकल हैन फोनै
गर्छे निशाले । रमेशले कल रिसिभ गर्छ ।
रमेशः हेलो....
निशाः गुड मर्निङ्ग...।
रमेशः गुड मर्निङ्ग....को बोल्नु भएको होला ।
निशाः म निशा बोले कि ।
रमेश फेरी झस्कन्छ ।
यसरी बित्दै जान्छ । त्यस
पछिका दिनहरुमा दुई तर्फि फोन कल चल्न
थाल्छ । एकले
अर्काको बारेमा सोधी खोजी गर्छन । उनले
अविवाहित भएको भन्छिन । यता रमेश
पनि अविवाहित थियो । बिस्तारै
यिनीहरुको माया पिरती बस्छ । फोन कल मै
झण्डै एक बर्ष बित्यो पत्तै भएन रमेशलाई ।
रातको निन्द्रा पनि विस्तारै खोसिदै
थियो रमेशको ।
माया पनि अचम्मको हुँदा रैछन । त्यसैले त
भन्छनः मायाको कुनै रंग रुप हुदैन ।
कहा कति खेर कोसंग बस्छ । थाहै हुन्न ।
निशाको फोन आउछ ।
रमेशः हेलो निशा म तिम्रै फोन
कलको प्रतिक्षा थिए । बल्ल मन ढुक्क भएर
आयो । निशा तिम्रो बोली सुन्न नपाउदा म
पानी बिनाको माछा झैं छटपटिने गर्छु ।
प्लीज फोन गर्दै गर्नु माया नमार्नु है निशा ।
रमेश एकहोरो बोली रहेको थियो । उताबाट
निशा हेलो हेलो भन्दै थिए ।
एकोहोरो मायाको अघि कस्को के लाग्दो रैछ
र । अनि रमेश झस्कन्छ । आफूलाई सम्हाल्न पुग्छ
। म कस्तो पागल भएको है निशा । तिमीलाई
बोल्नै मौका दिईन है । केही बोल निशा....रमेश
आग्रह गर्छन ।
निशाः मेरो पनि त हजुरको जस्तै हाल छ
नि...हजुरले भन्न पर्छ र ।
फोन लव चलेको पनि अर्को बर्ष पनि थाहै
नपाई बितेछ तिनिहरुको । भेट नभएर
फोनको भरमा माया पिरती बसेको अचम्म
लाग्दो छ । एक अर्का बिना बाँच्नै नसकिने
अवस्थामा पुगेका ती युगल जोडी समय र
परिस्थितीले गर्दा भेट हुन सकेको थिएन ।
धेरै दिन भो निशाले फोन नगरेको । उ
तडपि रहेको थियो । अनि आफैं फोन लगाउछ ।
रमेशः हेलो....केटाको आवाज सुनिन्छ ।
रमेशः निशालाई फोन दिन सकिन्छ ।
उताबाट एक्कासी जवाफ आउछः को बोलेको..।
रमेशः म निशाको साथी..अनि हजुर .....रमेश
बिनम्र पुर्वक सोध्दै थियो ।
....म निशाको श्रीमान् बोलेको...
रमेशः मजाक नगर्नुसन हजुर...प्लीज निशालाई
फोन दिउन ।
....म निशाको श्रीमान् भनेको सुन्दैन ।
यसरी भना भनमा धम्कीका भाषाहरु प्रयोग
हुन थाल्छ । एकले अर्कोलाई च्यालेन्ज दिन्छ ।
माया पिरतीबाट शुरु भएको कहानी आज एक
अर्कालाई सिध्याउने सम्म पुग्छ ।
यता मायामा घात
भएको रनामा बौलाएको रमेशले के गर्लान
स्थितीले मोडहरु बदल्दै थियो । केही दिन
पछि निशाको श्रीमानले आफुबाट
गल्ती भएको हुनाले माफीको लागी रमेशलाई
आग्रह गर्दै थिए । तर रिस उठेको रमेशले
निशालाईसंगै लिएर आए माफी दिने शर्त
तेर्साउछ । उताबाट मन्जुर गरे पछि केही दिन
पछि रमेशले
दिउको स्थानमा ती दाम्पती जोडी आई पुग्छन
। यता रमेशले साथीहरु तयारीमा राखेका छन ।
केही परेको खण्डमा आक्रमण गर्न । रमेश
ती दाम्पती जोडी नजिक पुग्छ । परिचय हुन्छ
। पहिलो पटक रमेशले निशालाई चिन्छ । उ
छक्क पर्छ र केहि बेर टोलाउछ ।
निशाको श्रीमानले माफी माग्छ । रमेशले
तिनीहरुलाई माफ गरी दिन्छ । रमेशले
मनमा भएका धेरै कुराहरु खोल्ने कोशिश गर्दै
थिए तर ती जोडीलाई देखेर किन किन
रमेशको मन पग्लन्छ र आफुलाई सम्हाल्छ ।
रमेशले मन परेको र
माया गरेको केटी रमेशको प्रेमी होईन....अरुको
जिवन साथी थियो ।
त्यसैले कसैको जिवन र भावनासंग खेलवाड गर्ने
सोच...त्यसलाई परिवर्तन गरौं नत्र यस्ले
ल्याउने
परिणामको कल्पना ज्वालामुखी भन्दा कम
खतरनाक हुने छैन । जिवन मजाक हैन...यसलाई
सिरियसली लिऔ ।
येस्तै मार्मिक र सत्य घटना लाइ आधारित भै लेखिने प्रेम कथा हरु लाइ तपाई ले आफ्नो facebook को वाल मा पनि पदन सक्नुहुनेछ जसको लागि यहाँ जानुस 

No comments :

Get Widget