Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : उत्तर कोरियाली मिसाइलसँग अमेरिका डरायो, दक्षिण कोरियाको बजार ढल्दै

Friday, 5 April 2013

उत्तर कोरियाली मिसाइलसँग अमेरिका डरायो, दक्षिण कोरियाको बजार ढल्दै

२३ चैत,सिओल,वाशिंगटन ।उत्तर कोरियाले बिहिबार पुर्वीतटमा परमाणु मिसाइल मुसुदन तैनाथ गरेपछि पश्चिमी देशहरुमा एक किसिमको आतंकनै मच्चिएको छ। मिडिया रिपोर्टहरुका अनुसार तीन हजार किलोमिटरसम्म मार हान्न सक्ने क्षमता भएका ती मिसाइलको निशानामा जापान, दक्षिण कोरिया र केहि अमेरिकी सैन्य आधारहरु छन्। 
उत्तर कोरियाको यस्तो क्रियाकलापछि दक्षिण कोरियाली शेयर बजारमा सुनामी आएको छ । दक्षिण कोरियाली शेयर बजारमा यस अघिबनदेखिएको ठुलो स्तरको गिरावट आएको छ। उत्तर कोरियाले आफ्नो सेनालाइ परमाणु आक्रमण गर्ने अनुमति दिइसकेको छ।  उता दक्षिण कोरियाका रक्षा मन्त्रीले भने मुसुदन मिसाइलको अमेरिकासम्म को पहुँचलाइ  खारेज गरिदिएका छन्। अमेरिकाले गुआममा रहेको आफ्नो सैन्य आधारमा मिसाइल रक्षा प्रणाणी राख्ने घोषणा गरेको छ।
उत्तर कोरियाली सेनाले जारि गरेको एक बयानमा भनिएको छ-अमेरिकाको आक्रामक परमाणुलाइ सशक्त रुपमा सामना गरिनेछ, यस बारेमा जस्तो सुकै अभियानका लाई अनुमति दिइएको छ । उक्त बयानमा कोरियाली प्रायद्धिइमा जुन सुकै बेला युद्ध हुन सक्ने बताइएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता केटलिन हेडनले उत्तर कोरियको  बयानलाइ भडकाउ भएको बताएका छन्। अमेरिकाले उत्तर कोरियालाइ जवाफ दिन प्रशान्त महासागरमा रहेको गुआममा बेलिस्टिक टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स सिस्टम(थाड) प्रयोग गर्ने निर्णय समेत गरेको छ।
यसै वर्षको फरवरीमा उत्तर कोरियाले आफ्नो तेस्रो परमाणु परिक्षण गरेपछी सयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो। अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यासले त उत्तर झनै क्रुद्ध भएको थियो।
यता दक्षिण कोरयापनि युद्धको तयारीमा लागेको छ।बिहिबार मात्रै ठुलो परिणाममा युद्ध सामग्री सिमा नजिक लगिएको छ। लामो दुरिको मिसाइल संगै ट्याङक र एफ-१५ फाइटर बिमान पनि दक्षिणले परिचालन गरेकोछ।
उत्तर कोरियाको मुसुदन मिसाइल बारेमा पनि अन्य देशहरु एकमत छैनन्, इजरायलको गुप्तचर रिपोर्टका अनुसार यो मिसाइलले २५ सय किलोमिटर सम्मको दुरीसम्म मार हान्न सक्दछ । तर अमेरिकी मिसाइल प्रतिरक्षा एजेन्सीका अनुसार यस्क रेन्ज ३२ सय किलोमिटर सम्म छ । अन्य केही सुत्र भने यसले चार हजार किलोमिटरसम्म निशाना लगाउन सक्ने बताउँछन । केही रक्षा विशेषज्ञ भने उत्तर कोरियाको पछिल्लो गतिविधि धम्की भन्दा केही नभएको बताउँछन्। 
समग्रमा उत्तरको पछिल्लो गतिविधिले अमेरिकालाइ हायल कायल पारिदिएको छ भने दक्षिण कोरियाले र जापान त्रसित छन्। 
उत्तर कोरियाको पछिल्लो आक्रामक गतिविधीबाट अन्य देश डराउनुको कारण हाल सर्वोच्च नेता किम जोङ उन हुन। उनका पिता किम जोङ इलका रणनतिको बारेमा अमेरिका र दक्षिण कोरिया जानकार थिए तर किम जोङ उन अन्यन्त युवाका साथै नयाँ नेता पनि हुन्। उनका बारेमा अनुमान  लगाउन अमेरिका र दक्षिण कोरियालाइ सजिलो छैन् ।यसका कारण उत्तर कोरियासंगको संभावित युद्ध बारे आँकलन कठिन भएको छ।www.nepalhamroho.blogspot.com

No comments :

Get Widget