Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भारतलाई प्रचण्डको धम्की

Friday, 26 April 2013

भारतलाई प्रचण्डको धम्की


१३ बैशाख, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भारतलाई भारतको सुरक्षा चिन्तामा सहयोग नगर्ने चेतावनी दिएका छन् । सल्यानको वाफूखोलामा बिहिबार आयोजित सभालाई सम्बोधण गर्दै अध्यक्ष प्रचण्डले यदी भारतले नेपाललाई सहयोग नगर्ने नीति लिए आफूहरूले पनि भारतको सुरक्षा चिन्तालाई पनि वेवास्ता गर्ने चेतावनी दिएका हुन् । भारतले प्रचण्डले राखेको त्रिपक्षीय साझेदारीको प्रस्तावलाई भारतले नमान्ने बताएपछी झस्किएका प्रचण्डले भारतले आफूहरूलाई सहयोग नगरे उनीहरूमा बढ्दै गएको सुरक्षा चिन्तामा नेपालले कुनै पनि हिसाबले सहयोग नगर्ने बताएका छन् । भारतले प्रचण्डले राखेको त्रिपक्षिय प्रस्ताव अपरिपक्व र हतारमा राखिएको प्रस्ताव भन्दै स्विकार् गर्न नसकिने बताएको थियो । आफुले भारतसँग आर्थिक विकासका लागी सहयोग माग्ने बताउँदै त्रिपक्षिय साझेदारीको प्रस्ताव चीनसँग पनि राखेको बताएका छन् । उनले भारत र चीनसँग आफूले एउटै प्रस्ताव आर्थिक विकासको प्रस्ताव राखेको उल्लेख गरेका छन् ।सोही कार्यक्रममा उनले नेपालमा एमाले पार्टी छैन भनेर नभनेको दाबी
 गरेका छन् । अध्यक्ष प्रचण्डले एमालेले काँग्रेससँग मिलेर चुनावमा गएपछि कम्युनिष्ट सिद्धान्त नरहने मात्र भनेको स्पष्ट पारे ।

No comments :

Get Widget