Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : उपत्यकामा बिहानैदेखि मापसे जाँच

Sunday, 14 April 2013

उपत्यकामा बिहानैदेखि मापसे जाँच


काठमाडौं,वैशाख १ । नयाँ वर्षको समयमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखाले आज पनि उपत्यकामा बिहानैदेखि मदक पदार्थ सेवन मापसे जाँच गरिरहेको छ । नयाँ वर्षमा विशेष गरि युवाले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने हुँदा दुर्घटना बढ्न सक्ने भन्दै ट्रफिक प्रहरीले दुर्घटनाको न्युनिकरणका लागि यसवर्ष विशेष निगरानी बढाएको हो । ट्राफिक प्रहरीले नयाँ वर्षको पुर्वसन्ध्यामा हिजो पनि बिहानैदेखि मापसे चेकिङ गरेको थियो । दुर्घटना हुन नदिनका लागि उच्च जोखिमपूर्ण ठाउँ तथा मानिस जम्मा हुने ठाउँको पहिचान गरी उपत्यकाका ६५ स्थानमा विशेष चेक पोइन्ट राखिएको महाशाखाले जनाएको छ ।

No comments :

Get Widget