Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चीनले लियो प्रचण्डको सातो

Sunday, 21 April 2013

चीनले लियो प्रचण्डको सातो


८ वैशाख,काठमाडौ। उत्तरी छिमेकी चीनले नेपाल संघीयतामा जाँदा पहाडमा तीन प्रदेश भन्दा धेरै नबनाउन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ सुझाव दिएर विदाइ गरेको छ । अध्यक्ष दाहालले नेपालमा रेल्वे विस्तार, जलविद्युत विकास वा आर्थिक विकासको कुरा गरेपनि चीनले एउटै कुरा गरेको छ–आफ्नो सीमा जोडिएको क्षेत्रमा कम प्रदेश बनाउन । शनिवार राती स्वदेश फर्कीएका माओवादी अध्यक्ष प्रचण्डले पनि संघीयताप्रति चीनको चासो रहेको स्वीकार गरेका छन ।
प्रचण्डलाइ चीनले झुकायो, पहाडमा तीन प्रदेश
चीनले पहाडमा तीन प्रदेश बनाउन सुझाव दिएको उच्च स्रोतले जानकारी दियो । आधा जनसंख्या रहेको तराइमा दुइ प्रदेश बनाउने तर आधाभन्दा कम जनसंख्या भएको पहाडमा धेरै प्रदेश बनाउने तयारीप्रति चीन सशंकीत छ । चीनले दिएको सुझाववारे एक राजनीतिज्ञले भने–‘चीनको सुझाव तीन प्रदेश बनाउनु भन्ने छ, पाँच प्रदेश भन्दा बढि बनाउने कुरामा हाम्रो विमति रहने छ ।’
रिपव्लिका अगे्रजी दैनिकमा परराष्ट मामिलामा कलम चलाउदै आएका पत्रकार कोषराज कोइराला प्रचण्डको भ्रमणमा चीनको मुख्य चासो संघीयता मै केन्द्रीत रहेको बताउछन । ‘पहाडमा धेरै प्रदेश बनाउदा तिब्बत झन असुरक्षित हुने चीनको बुझाइ छ, कोइराला भन्छन–सकेसम्म कम प्रदेश बनोस र स्थितता होस भन्ने उनिहरुको भनाइ रहदै आएको छ ।’

एकीकृत माओवादीका पोलिटव्युरो सदस्य एवं संविधानसभाको राज्यपुर्नसंरचना समितिका पूर्व सभापति लोकेन्द्र विष्ट संघीयताले विबाद नभइ समृद्धि ल्याओस भन्ने चीनको सुझाव रहेको बताउछन । ‘कतिपयले प्रचार गरेजस्तो चीनले संघीयतावाट फर्कीन कुनै दवाव दिएको छैन, नेपाली हेडलाइन संगको कुराकानीमा विष्टले भने–संघीयताले नेपालमा अन्तरकलह र द्वन्द ननिम्तियोस भन्नेमा चीनको चिन्ता रहने कुरा भयो ।’
यसअघि संविधानसभाको राज्यपुर्नसंरचना तथा राज्य शक्तिको बाढफाड समितिले १४ प्रदेश बनाउने प्रस्ताव गरेको थियो । पछिल्लो पटक माओवादी र मधेशी मोर्चाबचि तराइमा दुइ पैदेश र पहाडमा ९ प्रदेश बनाउने सहमति गरेका थिए ।
आत्मनिर्णयको अधिकार हुदै हुदैन
पत्रकार कोइराला संघीयतामा जादा केन्द्र र प्रदेशबीचको सम्बन्ध तथा आत्मनिर्णयको अधिकार सम्बन्धमा चीनको गहिरो चासो रहेको बताउछन । प्रदेशलाइ केन्द्रबाट अलग हुने सम्मको आत्मनिर्णयको अधिकार दिदाँ प्रदेशमा बाह्य चलखेल बढ्ने चीनको चिन्ता रहेको विश्लेषकहरु बताउछन ।

चीनको सुझावपछि प्रचण्ड माओवादी संघीयतामा मत्थर हुने र अन्यदलसंग कुरा मिल्ने भएपछि संविधान बन्ने संभावना बढेको विश्लेषण गर्न थालिएको छ । चीनको सुझावपछि पश्चिमा मुलुकको निर्देशनमा नेपालमा फेलिएको जातीयताको नारा मत्थर हुने कागे्रसका एक केन्द्रीय सदीयले बताए । माओवादी विरुद्ध खरो लेख्दै आएका पत्रकार कनकमणि दीक्षितले चीन भ्रमणवारे प्रचण्डका भनाइलाइ झूट र कपटको संज्ञा दिएका छन । सामाजिक संजाल फेसवुका उनले लेखेका छन, प्रचण्डको अभिव्यक्ती कपट हो ।

No comments :

Get Widget