 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Thursday, 18 April 2013
सिन्धुपाल्चोककी युवतीमाथि दिल्लीमा सामुहिक बलात्कार-
काठमाडौं, बैशाख ५ - भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
वुधवारराती सामूहिक बलात्कारमा परेकी युवती नेपाली रहेको पुष्टि भएको छ ।
सिन्धुपाल्चोकको खाम्पालकोट १ घर घएकी तामाङ थरकी १८ वर्षीय युवतीको बलात्कार भएको दिल्लीमा रहेको हेल्प नेपाली मिशनका अध्यक्ष कवि कार्कीले टेलिफोनमार्फत उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
पीडित युवतीको दिल्लीको सफदरगञ्ज अस्पतालमा उपचार भइरहेको र पीडित युवती र उनका श्रीमानलाई नेपाली नागरिकसँग भेट गर्न नदिइएको कार्कीले बताउनुभयो ।
तामाङमाथि बलात्कार भएको पुष्टि भएको र बेहोस रहेको मेडिकल रिपोर्ट उधृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन् । युवतीको बलात्कार भएपछि दोषीमाथि कडा कारवाहीको माग उठिरहेको छ ।
श्रीमानसँग दिल्लीको कोटला मुबारकपुरमा बस्दै आएकी युवतीलाई वुधवार बेलुकी साढे नौ बजे अपहरण गरी गुँडगाव लगेर तीन जनाले बलात्कार गरेको र विहान चिया पसल अगाडि लगेर फालेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले अपराधीको खोजी भइरहेको बताएको छ ।
दुतावासले केही नगरेको गुनासो
हेल्प नेपाली मिशनले आफ्नो नागरिकमाथि बलात्कार हुँदा पनि दिल्लीमा रहेको नेपाली दुताबासले कुनै ध्यान नदिएको गुनासो गरेको छ ।
आफूले कार्यवाहक राजदुतसँग कुरा गरेको र सहयोग गर्ने आश्वासन दिएपनि दुताबासबाट अहिलेसम्म कर्मचारी नआएको कार्कीले बताउनुभयो ।
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment