Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : राम नवमी मनाईदै

Friday, 19 April 2013

राम नवमी मनाईदै


 , वैशाख ६ - मर्यादापुरुषोत्तम भगवान रामको जन्म जयन्ती आज यहाँ धूमधामका साथ मनाइदैछ ।
रामनवमीको अवसरमा आज विहानैदेखि श्रद्धालुहरुको भीड जानकी र राम मन्दिरमा लाग्न थालेको छ । श्रद्धालुहरु पवित्र गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए ।
त्रेतायुगमा भगवान रामको जनकपुत्री सीतासंग विवाह भएको स्मरण गर्दै राम नवमीको अवसरमा जानकी मन्दिरमा विशेष पूजा आयोजन गर्ने चलन छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले चैत्र शुक्ल पक्ष नवमीको दिन मध्यान्ह रामको जन्म भएकोले यस अवसरमा हर्ष बढाई गर्ने चलन रहेको बताए ।
आजको दिन जानकी मन्दिर परिसरमा मुण्डन गर्ने समेत चलन रहेको छ । विहानैदेखि दर्जनौ बाल बालिकाहरुको मुण्डन कर्म भएको छ ।

No comments :

Get Widget