घर भत्कने भएपछि परिवारका सवैले लगाए आफैलाई आगो...(तस्विरसहित)
२२ चैत, एजेन्सी । आफू बसिरहेको घर भत्किने भएपछि भारतमा  एकै परिवारका पाँच जनाले आफ्नो शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । उक्त प्रयास गर्ने परिवार भने नेपाली रहेको छ, जसमा तीन जनाले ज्यान गुमाइसकेका छन् ।
भारतको राजकोटमा भएको उक्त घटनामा पाँच जनामध्ये ४० वर्षीय भरत मानसिंह सहित उनकी पत्नी आशा र भाइ गिरिसको बुधबार राति उपचारका क्रममा राजकोट सिभिल अस्पतालमा ज्यान गएको छ । आत्मदाहका क्रममा डढेर गम्भीर अवस्थामा रहेका ३० वर्षकी रेखा र ६० वर्षकी बासुमतिको उपचार भैरहेको अस्पतालले जनाएको छ। मानसिंहसँगै रहेका रेखा, आशा, बासमति र गिरिस मानसिंहले आफ्नो शरिरमा मट्टितल खन्याएर आगो लगाएका थिए ।
उनीहरू बस्दै आएको घर नगरपालिकाले भत्काउन लागेको बुझेपछि उनीहरुले आफैलाई मट्टितेल खन्याएर आगो लगाएका थिए । अवैध रूपमा बनाइएका घरहरू भत्काउने क्रममा रहेको नगरपालिकाले आफू बसेको घर पनि भत्काउने भएपछि उनिहरु यो निर्णयमा पुगेको बताइन्छ। घट्नापछि निकै आलोचित नगरपालिकाका मेहरले पिडित परिवारलाई ५ लाख सहयोगको घोषणा गरेका छन् । त्यसै गरि कांग्रेस पार्टीले पनि १ लाख रुपैया सहयोग दिने भएको छ। आजै काग्रेस लगायतका दलले बन्दको समेत आयोजना गरेका थिए
हेरौ उक्त घटनाका केही दृश्यहरू...

No comments :
Post a Comment