नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पेट्रोलको भाऊ घट्यो
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
३ चैत, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा गिरावट आएको छ । विश्व बजारमा भाऊ घटेपछि भारतले पनि पेट्रोलको मूल्य घटाएको छ । तेलको भाऊ बढाउनमात्रै जानेको नेपाल सरकारले भने भाऊ घटाउनु त परै जाओस्, सहजरुपमा तेल आपूर्ति गराउन समेत सकेको छैन । रेग्मी नेतृत्वको सरकारले पेट्रोलको भाऊ घटाउनुको साटो सहज आफूर्ति गराउने भन्दै सरकारी कोषबाट निगमलाई १ अर्ब रुपैयाँ निकासा गरेको छ ।
दिल्लीमा प्रतिलिटर ७० रुपैयाँ ३४ पैसा पर्ने पेट्रोलको मूल्य अब प्रतिलिटर ६८ रुपैयाँ ३४ पैसा कायम भएको छ । चेन्नेईमा ७१ र मुम्बई तथा कोलकातामा ७५ पेट्रोलको मूल्य ७५ रुपैयाँ ८४ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत महिना मात्रै भारतमा दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । फेब्रुअरीमा एकपटक एक रुपैयाँ ५० पैसा र दोस्रोपटक १ रुपैयाँ ४० पैसा मूल्वृद्धि गरिएको थियो ।
स्रोतका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा प्रति ब्यारेल ३ डलर गिरावट आएको छ ।
No comments :
Post a Comment