Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ३३ हजार घर पठाएर नेपाली चेलीले आत्महत्या गरिन्

Saturday, 16 March 2013

३३ हजार घर पठाएर नेपाली चेलीले आत्महत्या गरिन्


३३ हजार घर पठाएर नेपाली चेलीले आत्महत्या गरिन्



रामचन्द्र नेपाल क्वाललाम्पुर । मलेसियामा कार्यरत एक नेपाली महिलाले घरमा पैसा पठाएकै दिन आत्महत्या गरेकी छिन् । मोरङ उर्लावारी ४ वरगाछी घर भई जोहोरको ताम्पोईमा रहेको आईदुई वर्ष अगाडि मात्रै मलेसिया आएकी मन्जुले आत्महत्या गर्नुअघि घरमा ३३ हजार रुपैयाँ पठाएकी थिइन् । सहकर्मीहरुका अनुसार पैसा पठाएर होस्टलमा आएपछि यता र उता गर्दै नेपालमा आफन्तहरुलाई फोन गरिरहेकी थिईन । राति करीव १२ वजे तिर सवै साथीहरु सुतिसकेपछि उनी नसुतेपछि अरु साथीहरुले खोज्दा कोठाको सिढीमा एक्लै वसिरहेकी थिईन । साथीहरुले ‘तिमिलाई के भएको छ’ भनेर निकै सोध्दा समेत उनले केहि नभएको वताएकी थिईन ।

सवैसाथीहरु सुतिसकेपछि उनले केनाङगास्थित व्लक नम्बर ११ को पाँचौ तलामा फलामको गेटमा सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।
न्यौपानेको श्रीमान केही समय अगाडिदेखि वेपत्ता छन् भने मलेसिया आउनु अघि उनी छोरासहित माईतिघरमा वस्दै आएको बताइएको छ ।टीजी इलेक्ट्रोनिक कम्पनीमा कार्यरत ३२ वर्षीया मन्जु न्यौपानले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

No comments :

Get Widget