काठमाडौ, चैत्र ८ - असोज १२ गते भएको सीता एयर को बिमान दुर्घटना बढी तौलका कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयर को डोर्नियर बिमान उडेको एक मिनेटमै दुर्घटना भएको थियो । दुर्घटनामा १२ बिदेशी, चार नेपाली यात्रुसहित चालक दलका तीन जनाको मृत्यु भएको थियो । उड्नेबित्तिकै बिमानसाग चरा ठोक्किएको भए पनि ईन्जिनमा कुनै असर नपरेको छानबिन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक प्रतिवेदनमा बढी तौललाई बिमान दुर्घटनाको प्रमुख कारण मानिएको छ । घटनापछि अनुसन्धानका लागि गठित समितिले पर्यटन मन्त्रालयलाई भर्खरै बुझाएको प्रारम्भिक प्रतिवेदनमा दुर्घटना क्षमताभन्दा बढी तौल राखिएको कारणले भएको औल्याएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार प्रतिवेदनमा उक्त बिमान दुर्घटना हुनुको कारण पाइलट नभई व्यबस्थापन भएको दाबी गरिएको छ ।
'जहाजमा कति भार राख्ने कुरा पार गर्ने दुरी, त्यहाँको मौसम र तापक्रम अनुसार फरक हुन्छ', मन्त्रालय स्रोतले भन्यो,' सीता एयर को बिमानमा क्षमताभन्दा बढी तौल थियो ।' बिमानले कति तौल बोक्थ्यो र कति तौल बढी हालिएको थियो भन्ने कुरा स्रोतले खुलाएको छैन् । पूर्ण प्रतिवेदन आएपछि यथार्थ बाहिर आउने स्रोतको भनाई छ । नागरिक उड्ययन प्राधिकरणले सबै बिमानमा आवश्यक मर्मत गरेर तौल क्षमताको पहिचान गर्नुपर्ने सुझावसमेत प्रतिवेशनमा दिइएको छ । प्रारम्भिक प्रतिवेदनमा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलको तौल जाँच्ने मेशिन सुधार गर्न पनि सुझाव दिएको छ । 'त्रिभुवन बिमानस्थलमा जाँच्दा ११ केजी तौल देखाएको सामान लुक्ला बिमानस्थलमा १५ केजी देखायोको थियो', स्रोतले भन्यो । प्रतिवेदन सार्वजनिक भए नेपालको उड्यन क्षेत्रमा हुने गम्भीर लापरवाही पनि बाहिरिने अनुमान गरिएको छ । नेपालमा बिदेशीलाई ७५ केजी र नेपालीलाई ७० केजी तथा महिलालाई ६५ केजी औसत तौल अनुमान गरी बिमानमा राखिन्छ । तर, बिदेशमा एकजनाको तौल औसत ९० केजी हुने अनुमान गरिने स्रोतले उल्लेख गरेको छ । मृतकहरुको सब चालक बस्ने ककपिटनजिकै भेटिएकाले उनीहरु बिमान दुर्घटना हुत्तिएको अनुमान गरिएको छ । बिमानमा राखिएको कमजोर सिटबेल्टले पनि यात्रुहरुको तौललाई नधानेको प्रतिवेदनमा उल्लेख छ । 'उड्ने बित्तिकै बिमान चरासाग ठोक्किएको भए पनि पाइलटले कन्ट्रोल रुमलाई जानकारी गराएका रहेनछन्', स्रोतले भन्यो । समितिले बिभिन्न निकायसाग छलफल र परामर्श गरेपछि मात्रै पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने स्रोतले बताएको छ । पूर्व पर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन कमिटी गठन गरिएको थियो । बेलायते पनि दुर्घटनामा आफ्ना ७ नागरिकको मृत्यु भएको भन्दै अनुसन्धानमा सहयोग गर्न २ जना बिशेषलाई नेपाल पठाएको थियो ।
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
No comments :
Post a Comment