Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Friday, 8 March 2013

समाचार

इराक र अफगानिस्तान अध्ययन गर्न टोली जाने
==========================

२५ फागुन, काठमाण्डौं । इराक र अफगानिस्तानमा कार्यरत नेपालीको अवस्था अध्ययन गर्न सरकारले एक टोली पठाउने भएको छ । वैदेशिक रोजगार प्रबर्धन बोर्ड बैंठकले टोलीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

दुबै देशको वस्तुस्थिति अध्ययनका लागि पाकिस्तानको इस्लामाबादस्थित नेपाली दूतावासबाट प्रतिनिधि जाने छन् । ती देशलाई हेर्ने सहप्रमाणीकरणको जिम्मा पनि इस्लामावादमा रहेको नेपाली दूतावासलाई छ ।

बोर्ड बैठकमा सहभागी सदस्यका अनुसार टोलीले रोजगारको सम्भाव्यता, कामदारको अवस्था र जेल परेका नेपालीको स्थिति बुझ्ने छ । झन्डै ९ बर्ष अघि १२ नेपालीको सामुहिक हत्यापछि सरकारले इराकका लागि श्रमस्वीकृत दिएको छैन भने अफगानिस्तानमा संस्थागत रुपमा जान पाउने गरी आशिंक खुला गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकले छापेको छ ।

इराकी जेलमा पनि बुझ्ने

टोलीले रोजगारका लागि इराक पुगेर विभिन्न अभियोगमा जेलमा परेका नेपालीलाई समेत भेटेर रिहाइका लागि त्यहाँको सरकारसँग पहल गर्ने भएको छ । इराकी जेलमा परेका नेपालीको संख्या भने यकिन छैन ।

नेपाल सरकारले हत्या तथा गैरकानुनी बसाईको आरोपमा इराकका २ जेलमा थुनिएका ५ नेपालीलाई माफीसहित मुक्तिका लागि यसअघि पत्र समेत पठाएको छ ।

No comments :

Get Widget