Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : हेलिकप्टरमा राखेर डोल्पामा लगियो जिप

Thursday, 21 March 2013

हेलिकप्टरमा राखेर डोल्पामा लगियो जिप

हेलिकप्टरमा राखेर डोल्पामा लगियो जिप
======================

८ चैत, डोल्पा । डोल्पाको सदरमुका दुनैमा बुधबार हेलिकप्टरले जिप खसालेको छ । जिल्लामा पहिलोपटक पुगेको जिप हेर्न स्थानीय बासिन्दा भुम्मिएका थिए । हषिर्त हुँदै उनहरुले जीप चालक र हेलिकप्टरका क्याप्टेनलाई फूलमाला र अबिरले स्वागत गरे ।

हेलिकप्टरमा लोड गर्दा गाडीका पार्टपुर्जा खोलिएकाले तुरुन्तै जिप चलेन । खोलिएका पुर्जा जोडेपछि बिहीबारदेखि सदरमुकामका जिप गुड्ने छ । श्री एयरलाइन्सको एमआईएट हेलिकप्टरबाट भे १ च १२५१ नम्बरको जिव बुधबार दिउँसो सदरमुकामा उतारिएको हो ।

जिप पनि केहि दिनभित्र ल्याउने सञ्चालक जनकबहादुर बुढाले बताए । उनले जिप, लोडअनलोड र अन्य गरी २३ लाख रुपैयाँ खर्च भएको बताए । पोखराबाट ढुवानी खर्च १० लाख र चौरजहारीबाट ९ लाख गरी दुई जीप डोल्पा पुग्दा ६५ लाख खर्च लाग्ने अनुमान रहेको कान्तिपुर दैनिकमा खबर छ ।
सदरमुकाम दुनैदेखि विमानस्थल जुफालसम्म जिविसले मोटरबाटो जोडेकाले उक्त जिव सोही बाटोमा गुड्ने छ ।

No comments :

Get Widget