विश्वका चर्चित दुईटाउके जनावरहरु फोटोहरु सहित
कतिपयले आफ्ना पाल्तु जनावरलाई चर्चामा ल्याउन अनेक उपाय अपनाउँछन् । तर विश्वमा आँफै चर्चामा आउने धेरै जिव-जन्तुहरु पनि छन् । जसलाई संरक्षण समेत गरिएको छ । हामी तपाईँलाई विश्वका अनौठा दुईटाउके जिव-जन्तुहरुबारे जानकारी दिँदै छौँ:
अमेरिकाको मस्को चिडियाखानामा रहेको यो सर्पको नाम ‘क्यालिफोर्निया किंगस्नेक’ हो ।

यो छेपारो गत फेब्रुअरी २२ मा देखा परेको थियो । जर्मनीको प्लाउएनमा रहेको यसको उमेर डेढ बर्ष भएको छ ।

पहिलोपटक सेप्टेम्बर २६, २००७ मा देखा परेको यो कछुवा पेन्सिलभानियाको पूर्वी शहर नोरिट्टनमा अक्वारियममा राखिएको छ ।

क्यूबाको बाउटामा मे २६ २००४ मा जन्मिएको यो बाख्राले एकै समयमा दुईवटा टाउकामा रहेका आँखा झिम्काउछ ।

यो दुर्लभ तेर्रापिन थाईल्याण्डको बैंककमा सन् २००४ मा देखा परेको थियो ।

यो निल जिब्रे छिपकली सिड्नीको अष्ट्रलियन म्यूजियममा जनवरी १२, २००१ देखि राखिएको छ । यसको निलो जिब्रो रहेको छ ।

चिनिया कृषकले जुन २, २००१ मा आफुले पालेको सुँगुरले यो बच्चा जन्माएको थियो ।

रिफ्लेक्शन’ नामको यो बाछ्छो लोवामा रहेको छ । अप्रिल २९, १९९८ मा एक किसानको फार्ममा यो बाछ्छो जन्मिएको थियो ।

No comments :
Post a Comment