जथाभावी लोला हान्ने १४ जना पक्राउ
===================
काठमाडौ, चैत १३ – काठमाडौ उपत्यकामा जथाभावी लोला हान्ने १४ जना पक्राउ परेका छन् । काठमाडौबाट १२ जना र ललितपुरको पाटनबाट २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने झण्डै दुईसय जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
होलीका कारण हुन सक्ने दुर्घटनालाई नियन्त्रण गर्न उपत्यकाका ६४ ठाउँमा ट्राफिक चेकप्वाईन्ट खडा गरी चेकजाँच भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
गएका वर्षहरुमा होलीमा धेरैले दिउँसै मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी गाडी चलाउने, हेलमेट नलगाउने गर्दा दुर्घटना भएकाले यसपाली त्यस्ता घटनालाई नियन्त्रणमा लिन दिउँसो मापसे चेकजाँच गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले जानकारी दिनुभयो ।
विशेष जाँचका लागि १ हजार ट्राफिक प्रहरी खटिएका छन् । यस्तै होली पर्वमा अमर्यादित र उच्छृँखल गतिविधि रोक्न काठमाडौमा मात्रै ३ हजार भन्दा बढी प्रहरी परिचालन भएका छन् । उपत्यकाका गल्लीहरुमा पनि प्रहरी खटिएका महानगरी प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
संयमित भएर स्वच्छ र मनोरञ्जनपूर्ण तरिकाले होली पर्व मनाउन प्रहरीले आग्रह गरेको छ । प्रहरीका अनुसार बटुवालाई दुःख दिएर जवरजस्ती रंग दले वा लोला हाने उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐन अनुसार मुद्दा चलाइनेछ ।

No comments :
Post a Comment