गजल 
प्रितीको फुल सारौं भन्थें तिमी उतै खुशी रैछौ !
मनमा माया पारौं भन्थें तिमी उतै खुशी रैछौ !!
चाहनामै रह्यौ तिमी हरपल दिलको कुना भित्र !
सागर सरी तारौं भन्थें तिमी उतै खुशी रैछौ !!
दु:ख सुख जिन्दगीको एक आपस्मा बाड़ने आशा !
दुवै मिली फारौं भन्थें तिमी उतै खुशी रैछौ !!
सफ़लताको शिखर चढ्नु गर्वले ति शिर उठाई !
आफ्नै दिलमा झारौं भन्थें तिमी उतै खुशी रैछौ !!
बेदनामा जिन्दगी नै अस्ताउने घाम झैँ भयो !
जिताई तिम्लाई हारौँ भन्थें तिमी उतै खुशी रैछौ !!

No comments :
Post a Comment