Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कास्कीकी मिर्गौला रोगी सिरशोभा द्धारा सहयोगको आग्रह

Saturday, 2 March 2013

कास्कीकी मिर्गौला रोगी सिरशोभा द्धारा सहयोगको आग्रह



कास्कीकी मिर्गौला रोगी सिरशोभा द्धारा सहयोगको आग्रह
==============================

(मित्रहरु कृपया हजुरहरुको फेसबुक WALL मा यो (सहयोगको अपिल) SHARE गरि धेरै भन्दा धेरै साथीहरु माझ पुर्याई आफुले सक्दो सहयोग गरेर उनलाई नया जीबन दिनुहोस )
======================================

डिसीनेपाल डटकम संवाददाता – कास्की जिल्ला सार्दिखोला गाविस वडा नं. ३ खादरजुङ निवासी दुवै मिर्गौला पीडित २५ वर्षिया सिरशोभा गुरुङको उपचारका लागि गठित समितिले सहयोगको लागि आग्रह गरेको छ ।

उनको उपचार सहयोगको लागि गठित समितिले सार्दिखोला १ भुर्जङखोलाबाट ३७ हजार ६ रुपैया संकलन गरेको छ । संकलित रकम उपचारका लागि सिटी डेभलपमेण्ट बैंक लिमिटेडमा खोलिएको ००१ ००० २३९ ९१ बी खातामा जम्मा गरिएको सहयोग समितिका सचिव हुकुमसिंह गुरुङले जानकारी दिए ।

उपचार सहयोगका लागि मिनबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय मिर्गौला पीडित शिरशोभा गुरुङ सहयोग समिति गठन भएको छ । समितिको संयोजकमा मिनबहादुर गुरुङ, सचिवमा हुकुमसिंह गुरुङ, सदस्यहरुमा कर्णसिंह गुरुङ, तोरणबहादुर गुरुङ र तेजबहादुर गुरुङ रहेका छन् ।

समितिले सहयोग गर्न चाहने संघसंस्था तथा महानुभावले सिटी डेभलपमेण्ट बैंक लिमिटेडमा खोलिएको ००१ ००० २३९ ९१ बी खातामा जम्मा सहयोग रकम जम्मा गर्न सकिने सहयोग समितिका संयोजक मिनबहादुर गुरुङले जानकारी दिए ।

पुस ३० गते मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचारकै क्रममा २५ वर्षीया सिरशोभा गुरुङको दुवै मिर्गौला पीडित भएको चिकित्सकले जानकारी दिए पछि हप्तामा दुइपटक मणिपालमै हेमो डायलासिस गरिरहेको छ ।

पीडकको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका करिब २० लाख खर्च लाग्ने बताइएको छ ।

No comments :

Get Widget