Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : संघीय समाजवादीद्धारा रेग्मी सरकारविरुद्ध आन्दोलनको घोषणा ==================================

Wednesday, 20 March 2013

संघीय समाजवादीद्धारा रेग्मी सरकारविरुद्ध आन्दोलनको घोषणा ==================================

संघीय समाजवादीद्धारा रेग्मी सरकारविरुद्ध आन्दोलनको घोषणा
==================================

७ चैत, काठमाडौं । संघीय समाजवादी पार्टीले अन्तरिम चुनावी मन्त्रिपरिषद् खिलराज रेग्मी नेतृत्वको सरकारविरुद्ध ११ दिने आन्दोलन घोषणा गरेको छ ।

जनसंघर्ष केन्द्रीय परिचालन समितिले बुधबार पत्रकार सम्मेलन गरी फागुन ८ गतेदेखि १८ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रम अनुसार भोलि ८ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, ९ गते चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशको मस्यौदा जलाउने, १० गते मोटरसाइकल र्‍याली र कालो झण्डा प्रदर्शन तथा ११ गते जातीय संगठनहरुसँग छलफल रहेको छ । यस्तै १६ गते सबै सरकारी गैरसरकारी कार्यालयमा पर्चा वितरण, १७ गते घरदैलो र १८ गते विहान ११ बजेबाट आधा घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ रहेका छन् ।

चार दलको सिफारिसमा राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ असंवैधानिक भएको भन्दै संघीय समाजवादी बाधा अड्काउ फुकाउ र त्यस अधारमा बनेको रेग्मी सरकार खारेजको माग गरेको छ ।

No comments :

Get Widget