मलेसियामा भएको घटनाको अनर्गल प्रचार नगर्न दूतावासको आग्रह (विज्ञप्तिसहित)
१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहर राज्यमा भएको घटना सामाजिक सञ्जाल फेसबुक तथा अन्य माध्ययमा अनर्गल प्रचार गरेको भन्दै नेपाली दूतावास मलेसियाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले शुक्रवार विज्ञप्ति निकालेर फेसबुक तथा अन्य माध्ययममा राखिएका भिडियो सत्य नभएकाले भ्रममा नपर्न आग्रह गरेको छ । दूतावासले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग गरी आफ्नो निहित स्वार्थ पुरा गर्ने तथा नेपाल एवं मलेशियावीच कायम सुमधुर सम्बन्धमा खलल नपुर्याउन र सम्बन्ध अझ दह्रो बनाउनतर्फ सहयोग गर्न आग्रह गरेको छ ।
दूतावासले गत मार्च २४ तारिखमा भएको दुखद घटना उपर मलेसियन सरकारले गम्भीरतापूर्वक छानविन गरिरहेको समेत जनाएको छ । उसले घटनामा परी घाइते भएका एक जना मार्च २७ तारिखमा अस्पतालबाट हिस्चार्ज भइसकेको र अर्का एक जना घाइतेको उपचार भइरहेको जनाएको छ ।

No comments :
Post a Comment