Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो

Tuesday, 19 February 2013



महोत्तरीमा २ पक्षका बीचमा भएको झडपमा परि ६ घाइते



महोत्तरी , फागुन ८, महोत्तरी जिल्लाको बर्दिवासमा दुईपक्षका बिचमा झडप भएको छ । यस झडपमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।mahottari_district
झडपमा परि एक जन गम्भीर घाइते भएका छन् । यस झडपमा घाइते भएका ३० बर्षिय विशेश्वर महतोलाई थप उपचारका लागि राजधानी लगिएको छ । महतोको टाउकोमा गम्भिर चोट लागेको तथा उनको अबस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय शिव मन्दिरको काठको विषयमा दुइ पक्षका बिचमा भएको बिबादपछि झडप भएको बताइएको । यस झडपमा परि बिशेश्वर महतो, रामएकवाल महतो, रामसुन्दर महतो, टपेश्वर महतो, जयकृष्ण महतो र दुर्गा हमाल घाइते भएका छन् । उनीहरूको बर्दिवास स्थित अस्पतालमा उपचार भैरहेको छ ।
यस झडपका क्रममा प्रहरीले २ जनालाइ पक्राउ गरेको जनाएको छ । अन्य केही फरारहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ 

No comments :

Get Widget