Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : माया को कथा बिर्खे को .....

Monday, 18 February 2013

माया को कथा बिर्खे को .....

माया को कथा बिर्खे को ..... :-
बिर्खे  एउटी केटीलाई धेरै माया गर्थियो ।
एकदिन उ हिम्मत गरेर
त्यो केटी भएको ठाउँमा गयो र भन्यो:-
बिर्खे  :- हेल्लो...
केटी :- हाइ...
बिर्खे  :- के छ तिम्रो खबर ?
केटी :- म ठिकै छु,अनी तिमी ?
बिर्खे  :- म पनि ठिकै छु ।
तिमी सँग केहै भन्नु थियो ।
केटी :- भन न अनी...
बिर्खे  :- म तिमीलाई मन पराउछु,के
तिमी पनि मलाई मन पराउछौ ??
केटी :- नो नो
बिर्खे  :- म तिमीलाई धेरै
माया गर्छु,तिमी मेरो संसार हौ
केटी :- सरी,मा तिमीलाई घ्रिणा गर्छु,मन
पराउदिन
यस्तो वाइयात कुरा म सँग नगर ।
बिर्खे को  आँखा भरी आसुँ आउछ अनी दुखी भएर
आँखा भरी आसुँ लिएर त्यहाँ बाट जान्छ
२ दिन पछी पढ्नको लागि केटी त्यो ठाउँ छोडेर
अन्तै जान्छे ।
बिर्खे  सधैं त्यो केटीको यादमा मन मनै तड्पिन
थाल्यो ।
तर अरुको सामु झुटो हासो हाँस्दै,
त्यो केटीको यादमा मन मनै रुदै दिनहरु बिताउन
थाल्यो .
२४ सै घण्टा त्यही केटीलाई मात्र याद
गर्थियो ।
जब एक दिन उस्को साथी उस्को घर आयो
उस्को साथीले उस्को सबै कुरा थाहा पायो
अनी बिर्खे लाई सोधो
साथी :- जब उस्ले तलाई मन पराउदिन भने
त किन उस्को यादमा आफ्नो हालत
यस्तो बनाउछस ?
तलाई मन पराउने,माया गर्ने अरु भेटी हाल्छस
नि ....
तब बिर्खेले एउटा उत्तर दियो
जुन सुनेर उस्को साथी को शिर झुक्यो
बिर्खे ले भन्यो :- पाएर त सबैले माया गर्न सक्छन
तर
गुमाएर पनि कसैलाई चाहनु,माया गर्नु नै
साँचो माया हो ।
 जुनसुकै मुल्यमा पनि आफुले
चाहेको मान्छेलाई आफ्नो बनाउनु मात्र
माया होइन ।
आफुले माया गरेको मान्छेले आफुलाई माया नगरे
पनि
आफुले निरन्तर माया गरिरहनु नै वास्तबिक
माया हो ।
""असली माया प्राप्तीमा मात्र होइन त्याग
मा पनि हुन्छ

    #टेन्सन पासा 

No comments :

Get Widget