१ सय ३ वर्षको उमेरमा छोरालाई अंश दिनु परेपछि
काठमाडौं, ९ फागुन - पाटन पुनरावेदन अदालतस्थित मेलमिलाप केन्द्रको संयोजनमा नुवाकोट जिल्लाका शतायु पार गरेका वृद्धले बल्ल आफ्नो छोरालाई अंश दिएका छन् ।
मेलमिलापकर्ता पुनरावेदन अदालतका पूर्वन्यायाधीश बोधरीराज पाण्डेको संयोजकत्वमा वुधवार स्थानीय राटामाटे गाविस–१ निवासी एक सय तीनवर्षे वृद्ध मानबहादुर राईबाट जेठा छोरा गोपीलाई एक रोपनी चार आना जग्गा दिलाएर मिलापत्र गराइएको हो ।
बाबु मानबहादुरले बेचेको एक कित्ता जग्गाको भाग जेठा छोरा गोपीलाई नदिएकाले छ वर्षअघि उनले नुवाकोट जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए । चार वर्षपछि उक्त अदालतले वादी गोपीका पक्षमा फैसला गरेकाले बाबु मानबहादुर र कान्छा छोरा राजकुमारले पुनरावेदन अदालतमा पुनरावेदन गरेका थिए ।
पुनरावेदन अदालतको इजलासमा आएको सो मुद्दा मेलमिलाप केन्द्रमा पठाइएकामा मेलमिलापकर्ता पाण्डेले बाबुको मन्जुरीनामा लिएर आएका कान्छा छोरा राजकुमारबाट एक रोपनी चारआना जग्गा दिलाउने गरी मेलमिलाप गराउनुभएको हो ।
मेलमिलापपछि दुवै भाइ खुसी भएको र सँगसँगै बसेर कुराकानी गरेको देख्दा मेलमिलापको सार्थकता बढेको मेलमिलापकर्ता पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको अन्य सम्पत्तिबारे खोजीनीती नभएको, नागरिकताको प्रमाणपत्रअनुसार बाबुको उमेरले शतायु नाघे पनि आमा भने ६४ वर्ष र जेठा छोरा ४१ वर्षका थिए ।
‘मेलमिलाप केन्द्रबाट मुद्दाको टुङ्गो लगाउने क्रम बढ्दै गएको छ र मुद्दाका पक्षले पनि मेलमिलाप केन्द्रलाई पत्याउन थालेका छन् ।’सर्वोच्च अदालतस्थित मेलमिलाप केन्द्रका अधिकृत रामानन्द अधिकारी भन्नुहुन्छ ।
- रासस

No comments :
Post a Comment