Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : संसारकै सबैभन्दा ठुलो चोरी, ३ मिनेट ४४० करोडको हिरा गायब !

Wednesday, 20 February 2013

संसारकै सबैभन्दा ठुलो चोरी, ३ मिनेट ४४० करोडको हिरा गायब !



संसारकै सबैभन्दा ठुलो चोरी, ३ मिनेट ४४० करोडको हिरा गायब !





ब्रसेल्स, फागुन ९, बेल्जियममा संसारकै ठुलो हिराको चोरी भएको खुलासा गरिएको छ । फिल्मी शैलीमा भएको यस चोरीमा मात्र तीन मिनेटमा लुटेराहरूले हीरहरू भरिएका १२० बक्सा लिएर फरार भएका छन् । यी हिराहरूको मूल्य २५० करोड रूपैयाँ भन्दा धेरै भएको बताइएको छ । 
समाचार अनुसार ब्रसेल्सको जावेन्तेम एयरपोर्टमा विमान उडान गर्नै लागेको थियो । यतिकैमा २ वटा कारमा सवार करीब आठ जना नाकाबधारी मानिसहरूले एयरपोर्टको गेटमा हमला गरेका थिए । हतियारहरू युक्त यी मानिसहरूले कुनै गोली भने चलाएनन् । त्याहाँबाट उनीहरूले ती हिराका बक्सहरू लिएर भागेका थिए । यस घटनाको समयमा विमानमा रहेका यात्रुहरूले यस घटनाको कुनै सुँइको सम्म पाएनन् । 
जानकारहरूका अनुसार संसारमा हिराको यति ठुलो चोरी अहिले सम्म भएको छैन् । हीराको ग्लोबल सिन्डीकेट एन्टवर्प वर्ल्ड डायमण्ड सेन्टरले बताए अनुसार लुटिएका हिराहरूमध्ये केही कच्चा सामान रहेका थिए भने बाँकी सबै तयारी अबस्थाका थिए ।

No comments :

Get Widget