Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आज श्री पंचमी

Friday, 15 February 2013

आज श्री पंचमी


आज श्री पंचमी सर्सोती पुजा 










सरस्वती मया दृष्टा वीणा पुस्तक
धारिणी। हंस वाहन संयुक्ता विद्यादानं
करोतु मे।
या कुन्देन्दु तुषारहार
धवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु
सरस्वती भगवती निःशेषजाड्यापहा ।।
शुक्लां ब्रह्मविचारसारपरमांद्यां जगद्व्यापनीं
वीणा-पुस्तक-
धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिक मालिकां विदधतीं पद्मासने
संस्थिताम्
वन्दे
तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।
वसन्त
पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व आज
नेपालभर
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-
आराधना गरी मनाइँदै छ ।
आजैदेखि ऋतुहरूका राजा वसन्त ऋतु सुरु हुने
भएकाले वसन्त श्रवण गरिन्छ ।
चन्द्रमाजस्तो गोरो वर्ण
भएकी तथा हातमा वीणा र पुस्तक
लिएकी विद्याकी देवी सरस्वतीलाई
भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी,
जगन्माता, बागीश्वरी, कौमारी, बरदायिनी,
बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र
भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र
सिर्जनाकी देवी भएकाले
विशेषगरी साहित्यकार, कलाकार, पत्रकार,
शिक्षक र विद्यार्थी आ-आˆना कला-
साधनाका वस्तु कलम, कापी, कुची र
वाद्ययन्त्र आदिलाई
सरस्वतीका रूपमा पूजा गर्छन् भने
तान्त्रिकहरू तन्त्र
सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्
छन् । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर
तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् ।
आजको दिनमा बालबालिकालाई अक्षराम्भ
गराए शुभ हुने मानिन्छ ।
श्रीपञ्चमीको दिनदेखि वसन्त ऋतु आरम्भ
भएको मानिन्छ ।
बिहान उठ्नेबित्तिकै
विद्याभ्यासी सात्विकजनहरू हात हेर्दै भन्ने
गर्छन् ‘कराग्रे वसते लक्ष्मी , करमध्ये
सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते
करदर्शनम् ।।’ अर्थात्
हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्
वती र मूल भागमा ब्रहृमाको निवास छ ।
अतः यही कर्मवादी हातलाई
ब्रहृमाको सिर्जनाशीलता,
लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील
संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई
राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
श्रीपञ्चमीका दिन कामदेव र
रतिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक
कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण
गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग
गाउने पनि चलन रहेको छ । जीवनलाई
शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ
। काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य,
कलाका साधकहरूका लागि वसन्तराग
साधनाको श्रोत नै हो । कला र
गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने
प्रमुख दिन श्रीपञ्चमी या वसन्त पञ्चमी नै
हो ।
प्राचीन भारतवर्षमा साललाई जुन छ
ॠतुहरुमा बाँडिन्थ्यो तिनमा वसन्त
मानिसहरुको मनपर्दो ॠतु थियो। जब
फूलहरुमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरु
लहलहाउँथे, आँपहरुका रुखहरुबाट सुगन्ध
फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरु
उडनथाल्थे। वसन्त ऋतुको स्वागत गर्न माघ
महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार
पाँचौं दिन एउटा ठूलो उत्सव
मनाइन्थ्यो जसमा विष्णु र कामदेवलाई
पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व
भनिन्थ्यो। शास्त्रहरुमा वसन्त पञ्चमीलाई
ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-
शास्त्रहरु तथा अनेक
काव्यग्रंथाहरुमा पनि अलग-अलग ढंगले
यसको चित्रण पाइन्छ।
ऋग्वेदमा वाग्देवीका नामले
प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गीनी ब्रहृम
ायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान,
सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले
सरस्वती पूजाको ठूलो महत्व छ । गन्धर्व
पुराणमा आजका दिन
सरस्वतीको पूजा गरी विद्यारम्भ
गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ

No comments :

Get Widget