Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : फेसबुकमाथि ह्याकरको आक्रमण,

Saturday, 16 February 2013

फेसबुकमाथि ह्याकरको आक्रमण,


फेसबुकमाथि ह्याकरको आक्रमण,
प्रयोगकर्ताको डेटामा कुनै असर परेको छैन : कम्पनी

क्यालिफोर्निया, फागुन ५ (एजेन्सी) - सामाजिक संजाल फेसबुकमाथि शक्तिशालीरुपमा ह्याकरले आक्रमण गरेको फेसबुकले खुलासा गरेको छ। प्रयोगकर्ताको कुनै पनि डेटा नगुमेको दावी गर्दै कम्पनीले गत महिना फेसबुकमाथि आक्रमण भएको जानकारी दियो। मोबाइल डेभलोपर वेवसाइटमा छिर्दा फेसबुकका करम्चारीले अमेरिकामा आधारित सामाजिक सञ्जालमाथि ह्याकरले आक्रमण गरेको फेला पारेका थिए। फेसबुकले ब्लगमार्फत यो फेसबुकमा ह्याक गर्ने पहिलो प्रयास नभएको र बारम्बार यस्तो भोगिरहेको जनाएको छ। फेसबुकका विश्वभर १ अर्बभन्दा बढी प्रयोगकर्ता छन्। 'गत महिना हाम्रा वेव सुरक्षामा संलग्न कर्मचारीहरुले हामीमाथि शक्तिशाली आक्रमण भइरहेको पत्ता लगाए,' क्यालिफोर्नियामा आधारित कम्पनीले भनेको छ, 'तत्कालै हामीलाई असर पार्ने मलवेयर पहिचान गर्यौ र यसबाट प्रभावित सबै कुरालाई सही अवस्थामा ल्यायौं।' कम्पनीले फेसबुकका प्रयोगकर्ताको डेटावेसमा कुनै प्रभाव नपरेको दावीसमेत गरेको छ। 'अहिलेसम्म डेडमा प्रभाव परेको रिपोर्ट आएको छैन,' फेसबुकले भनेको छ।

No comments :

Get Widget