Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : $१५०० मा गुगलको अविश्वसनिय चस्मा

Saturday, 23 February 2013

$१५०० मा गुगलको अविश्वसनिय चस्मा


 $१५०० मा गुगलको अविश्वसनिय चस्मा 




अघिल्लो वर्षको अप्रिल महिनामा गुगलले विश्वलाई नै चकित पार्ने गरी गुगल प्रोजेक्ट ग्लासको एउटा भिडियो सार्वजनिक गर्‍यो । त्यही समयमा यो ब्लगमा एउटा पोस्ट लेखिएको थियो । अविश्वशनिय गुगलको चस्मा । उसले उक्त भिडियोमा भनेको ‘प्रोजेक्ट ग्लासः वान डे’ त्यो वान डे अब आउन धेरै समय पर्खर्नु पर्दैन ।

अप्रिल २०१२ मा आएको भिडियो जसले बिश्व मा सनसनी मच्चाएको थियोकस्तो देखिन्छ त चस्माले
 सिनेटले आफ्नो साइटमा जनाएअनुसार सन् २०१३ अन्त्यतिर गुगलले आफ्नो चस्मा बिक्री वितरण गर्नेछ । मात्र रु १५०० अमेरिकन डलरमा ।

के काम गर्दछ ।


शीर्षकमा भनेजस्तै यो चस्मा अविश्वसनिय रहेको छ । यस चस्माको प्रयोगबाट फोटो खिच्न भिडियो रेकर्ड गर्न मात्र नभएर तपाईँ इ–मेल पठाउन सक्नुहुन्छ । साथै सोसियल नेटवर्किङका लागि पनि यस चस्माको प्रयोग गर्न सकिन्छ ।
 यसमा स्काइप भिडियो च्याट मात्र नभएर मौसमको जानकारी थ्री डी नक्शाहरु मार्फत बाटो पत्ता लगाउन सुविधा रहेको छ । चस्मामा रहेको भ्वाइस कमाण्ड र रेकर्डिङको सुविधाले यसलाई चियन्त्रित गर्न सकिनेछ ।
गुगलले स्मार्ट चस्माको प्रमोसनको लागि छुट्टै साइट बनाएको छ । यहाँबाट त्यो साइटमा प्रवेश गर्न सकिन्छ । गुगलले बनाएको यो नयाँ आविष्कार मेरो पोल्टामा त पार्नैपर्छ भन्ने लाग्दछ भने तपाइले पनि चस्माको लागि अडर दिन सक्नुहुन्छ ।

No comments :

Get Widget