Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पारसलाई मन्द विष खुवाइएको रहस्य सार्वजनिक हुदै

Saturday, 23 February 2013

पारसलाई मन्द विष खुवाइएको रहस्य सार्वजनिक हुदै


पारसलाई मन्द विष खुवाइएको रहस्य सार्वजनिक हुदै




काठमाडौं, फाल्गुन १२

हृदयघातपछि बैककमा उपचारार्थ पूर्व युवराज पारस शाहको अवस्था नाजुक छ। समितिभेज अस्पतालको सिसियुमा हिजो पुगेका उनकी बहिनी ज्वाई डा राजीव शाहले उनको उपचारको रेखदेख गर्न थालेका छन्।
हिजोदेखि राजीवबाहेक कसैलाई भेट्न दिइएको छैन भने राजीवले पनि पारसका अवस्था बारे केहि बोल्न चाहेका छैनन्। अस्पतालले अझै सुविधासम्पन्न शाखामा लगेर उपचार सुरु गरेको छ।
यसैबीच डाक्टरहरुले खुलेर नबोल्नु र मुटुको मात्र समस्या हो भने जतिसक्दो छिटो शल्यक्रिया गर्नु पर्ने हुन्थ्यो तर कारण अरु नै भएका कारणले नै उनको उपचार कसरी गर्ने वा के को उपचार गर्ने भन्नेमा नै चिकित्सकहरु अन्योलमा रहेको देखिएको छ।
यसैकारण उनको उपचार र स्वास्थ्यस्थितिबारे जति पनि समाचारहरु सार्वजनिक भइरहेका छन् ति सबै चिकित्सहरुले भनेको नभै आशंका मात्र हुन्। यसैबीच निर्मल निवास निकट स्रोत दिएको जानकारी अनुसार उनलाई हृदयघात नभएर मन्द विष दिइएको आशंका छ। यसअघि नेपाली दूतावासमा भारतीय सुरक्षा निकायबाट थ्रेट महसुस भएको जानकारी दिएका पारसलाई कसले विष दियो भन्ने पुष्टि भने नभएको बताइएको छ।  बैकक प्रहरीले उनका निकट व्यक्तिहरुका साथै उनले प्रयोग गरेका खाद्य पदार्थहरुको पनि परिक्षण गर्ने सूचना निर्मल निवासलाई दिएको छ।  यसैबीच परिवारका सदस्यहरु बैकक पुग्ने वितिकै अन्य नेपालीहरुलाई अस्पतालमा रेखदेख गर्नबाट विस्थापित गरिएको छ।
आजै उनकी श्रीमती हिमानी शाह पनि एक सहयोगीका साथ बैकक लागेकी छिन्।हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न पूर्व युवराज्ञी हिमानी शाह आज थाइल्याण्ड जाँदै हुनुहुन्छ श्रीमान पारससँगै छोरी पनि विरामी भएपछि जान नपाउनु भएकी हिमानी थाइ एयरवेजबाट आज अपरान्ह थाइल्याण्ड जाने कार्यक्रम तय भएको हो ।
उपचाररत पारसको भने स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पारसलाई गम्भीर प्रकारको हृदयघात भएको छ ।
सिमराबाटै पारसको सोधीखोजी
डेढ हप्ताअघि पारिवारिक घुमफिरका लागि सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अझै उतै हुनुहुन्छ । जीवन र मरणको दोसाँधमा रहेका छोरा पारसलाई भेट्न बैंककसम्म पुग्ने योजना उहाँहरुले अझै बनाउनुभएको छैन । बैंकक जानका लागि खर्चका अभाव पनि पक्कै भएको होइन । बैंकक टाढा पनि होइन, जाउँ भनेर बिहान योजना बनाउनेबित्तिकै काठमाडौंबाट ४ घण्टामा बैंकक पुगिन्छ ।
आफ्नो एक्लो बिरामी छोरालाई भेट्न पूर्व राजारानी किन बैंकक गएनन् ? ‘सबै गुरुरु गएर पनि हुने केही होइन, छोरी-ज्वाइँलाई पठाउनुभएकै छ’ पूर्वराजाका एकजना सहयोगीले भने-’बैंकक नै नगए पनि उहाँहरुले छिनछिनमा छोराको स्वास्थ्य अवस्थाबारे सिमराबाटै सोधीखोजी गरिरहनुनभएको छ ।’
ती सहयोगीका अनुसार सिमरामा रहेका पूर्वराजारानी छोराको अवस्था सुनेर निकै चिन्तित हुनुहुन्छ । सबैजना त्यहाँ पुगेर पनि केही नहुने भएकाले उहाँहरु तत्काल बैंकक नजाने सोचमा हुनुहुन्छ । ‘आजभोलि नै त जाने योजना छैन’ ती सहयोगीले भने ।
आउँदो १५ गते बुबा महेन्द्रको श्राद्ध परेकाले १४ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौं र्फकने कार्यक्रम छ । त्यसपछि पनि पारसको हालत यस्तै रहृयो भने उहाँहरु बैंकक जान सक्ने पूर्वराजाका सहयोगीले बताए 

No comments :

Get Widget