आरामका गर्नका लागी प्रचण्ड पोखरामा
पोखरा १६, नेपाल कम्युनिष्ट पार्टी एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आराम गर्नका लागी आफ्नी पत्नि सीताका साथमा पोखरा पुगेका छन् ।

सोमबार पोखरा पुगेपछि उनले श्रीमतीका साथ पोखराको फेवातालमा बोटिङ समेत गरेका छन् । फेवातालमा उनले झण्डै एक घण्टा प्याडल बोटिङ गरेका छन् । पोखरामा आरामका लागी गएका प्रचण्ड कतिदिन पोखरा बस्ने हुन सो कुराको जानकारी भने गराइएको छैन ।
 प्रचण्डको पोखरा बसाइका क्रमामा नको सुरक्षाका लागि यहाँको सुरक्षा व्यवस्था कडा  गरिएको बताइएको छ ।
उनका साथमा उनलाई सुरक्षा दिन नीजि सुरक्षा टोली समेत रहेका छन् । पोखरा पुगेका प्रचण्ड लेकसाइडस्थित कान्तिपुर होटलमा बसेको बताइएको छ ।
 
 
 
 
No comments :
Post a Comment