आजदेखि कालिगण्डकीको उत्पादन बन्द
(काठ्माण्डौ) १८ फागुन– विद्युत केन्द्र मर्मतका लागि नेपालकै ठूलो काली गण्डकी 'ए' को उत्पादन शुक्रबारदेखि १० दिनका लागि बन्द हुने भएको छ । केन्द्रमा रहेको इन्लेट भल्व ९सुरुङबाट टर्वाइनमा पानी लैजाने पाइप० चुहावट भएपछि मर्मतका लागि उत्पादन नै रोक्नुपरेको आयोजनाले जनाएको छ । भल्वमा सुरुङबाट जाने पानीलाई रोक्न भएका सिलहरू खिइन थालेपछि पहिलेदेखि नै पानी चुहावट हुँदै आएको थियो ।
भल्व चुहावट हुँदा उत्पादन केन्द्रका टर्वाइनसमेत मर्मत हुन पाएको छैनन् । मर्मतका लागि बाँधस्थलबाट उत्पादन केन्द्रमा पानी लैजाने सुरुङमा थोपा पानी पनि जान दिन नहुने हुँदा उत्पादन बन्द गर्नुपरेको आयोजनाको जिकिर छ ।
शुक्रबार राति १० बजेबाट भल्व मर्मत कार्य सुरु हुने केन्द्रका प्रमुख अवधेशकुमार सिंहले बताए । १ सय ४४ मेगावाट क्षमताको काली गण्डकीबाट अहिले दैनिक ५० देखि ६० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।
 
 

 
 
No comments :
Post a Comment