नेकपा-माओवादीले आव्हान गरेको बन्दका कारण जनजिवन प्रभावित
फागुन ८, नेकपा-माओवादीले आफ्ना कार्यकर्ताको रिहाई तथा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानी काठमाडौ सहित मुलुकभरको जनजीवन प्रभावित बनेको छ ।
मुलुकका प्रमुख राजमार्गहरुमा सवारी साधनहरू चलेका छैनन् भने ब्यापार व्यावसायहरूपनि ठप्प भएका छन् । राजधानी काठमाडौ भित्रिने तथा यहाँबाट बाहिरिने सबारीसाधनहरू ठप्प भएका छन् । राजधानी सहित देशका अरु शहरहरुमा पनि सबारी साधनहरू चल्न नसेकको बताइएको छ । सवारी साधनहरू नचलेपछि यात्रा गर्ने यात्रुहरूले निकै सास्ती बेहोरेका छन् ।
मंगलबार बिहान पढाई हुने राजधानी लगायत देशभरका स्कूल कलेजहरू पनि बन्द भएका छन् । राजधानीमा बन्दकर्ताहरुले सगरमाथा टेलिभिजनको एक गाडीमा तोडफोड गरेका छन् । पत्रकार बोकेर गैरहेको उक्त गाडीलाइ नयाँ बानेश्वरमा बन्दकर्ताले तोडफोड गरेको बताइएको छ
No comments :
Post a Comment