Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : फेसवुकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपटि प्रेमिका वेहोस्

Thursday, 14 February 2013

फेसवुकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपटि प्रेमिका वेहोस्




फेसवुकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपटि प्रेमिका वेहोस्



अहिल्यका युवापुस्ताको भेटघाट,कुराकानी गर्ने माध्यम नै सामाजिक सञ्जाल भईरहेको छ । प्रतक्ष्य भेटेरै कुरा काम गर्नुपर्छ भन्ने पनी छैन , भर्चुृअल संसारवाटै पनी धेरै काम भईरहेको पनी छ । फेसवुकलाई त कामकाजका साथसाथै धेरैले मनोरञ्जनको माध्यम वनाईरहेका छन् जहाँ माया प्रेमका कुराहरु भईनै रहन्छ । यस्तै भर्चुअल संसारमा रम्दै आईरहेकी एक युवती भने आफ्नो प्रेमीलाई फेस टु फेट (प्रतक्ष्य) भेटेपछि वेहोस् भएकी छिन् ।

भारतको केरलामा यस्तो घटना भएको हो । एक २३ वर्षिय युवती जो पेशामा ईन्जिनियर थिईन् । फेसवुकमा भेट भएर साथी वनेका उनिहरु फोनमा कुराकानी गर्दै आईरहेका थिए । पछिल्लो एक वर्षदेखी भर्चुअल संसारमा रमाउदै आएकी ती युवती आफ्नो प्रेमीलाई भेट्न आतुर थिईन् । भेट्नकै लागी भर्चुअल प्रेमी वस्ने ठेगाना तिरुअनंतपुरम पुगेकी थिईन् । ती युवती बस स्टेशनमा धेरै वेर पर्खिन तर आउछु भनेका ती प्रेमी आएनन । लामो समयसम्म टोलाएर वसेको देखेपछि प्रहरीलाई शकां लागेर सोधपुछ गर्दा आफुलाई प्रेमीले भेट्न आउछु भनेर नआएको वताएपछि प्रहरीले मोवाईल नम्वर र ठेगानाको आधारमा ती युवकलाई सम्पर्क गरेको थियो ।

युवतीले सोचेको २५-३० वर्षको युवक नभई ६७ वर्षका वृद्ध प्रेमी प्रहरीले ल्याएपछि युवती सोही स्थानमा वेहोस् भएकी थिईन् । ती वृद्धले भनेका छन् उनिले नै फोन तथा च्याट गर्ने गरेपछि आफुले पनी मनोरञ्जनको लागी मात्रै च्याट र फोन गर्ने गरेको वताएका छन् । प्रहरीले सो वृद्धलाई निर्दोष पनी ठहर्याएको छ भने ती युवतीको अभिभावकलाई सम्पर्क गरेर घर पठाईदिएको पनी समाचारमा उल्लेख गरिएको
कतै तपाई लाई पनि येही होला है . होसियार फेसबुक को साथी देखि .............................
  श्री राम श्रेष्ठ 
साउदी अरब 

No comments :

Get Widget