Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : गजल

Thursday, 14 February 2013

गजल



प्रेम दिबस 


उनको साथ छुटेपछि
आयौ प्रेम दिवश ।
बिवशताले चुटेपछि
आयौ प्रेम दिवश ।

उनको साथमा दुनियाकै भाग्यमानी ठान्थे,
तर भाग्य फुटेपछि
आयौ प्रेम दिवश ।

नचुडिने जुनि सम्म
मनको डोरी भन्थिन ,
आखिर डोरी टुटेपछि
आयौ प्रेम दिवश ।

दुनिया त मख्ख होला
तिम्रो आगमनले ।
यहाँ त खुशी लुटेपछि
आयौ प्रेम दिवश |

No comments :

Get Widget