Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ए मेरी बैनी, तिहारमा मलाई, सम्झेर नरुनु

Monday, 12 November 2012

ए मेरी बैनी, तिहारमा मलाई, सम्झेर नरुनु

बहिनि लाई दाई  को सन्देस 





ए मेरी बैनी, तिहारमा मलाई, सम्झेर नरुनु |
तस्विर मेरो, छातीमा तिम्रो, टाँसेर नरुनु |
.
सबैका दाजु, फर्किए होलान्, बैनीलाई सम्झेर |
मेरो चै दाजु, फर्केंन किन, ? भनेर नरुनु |

.
ती सयपत्री, ती मखमली, झुल्दा हुन् आलीमा |
मलाई नै माला, गाँस्नलाई फूल, टिपेर नरुनु |
.
उज्यालो पार्नु, आँगनी घर, ती दीप बालेर |
सबैका सामु , हाँसेर बस्नु , झुकेर नरुनु |
.
पीङैमा रम्नु, त्यो भैलो गाउनु, संगीका साथैमा |
ती मोती सरि , आँसुका थोपा, पोखेर नरुनु |
.
हाँसो र खुशी, बोकेर आउँछु, म अर्को तिहारमा |
यो साल बैनी, म आउने बाटो, हेरेर नरुनु |
.

1 comment :

shreeram said...

ए मेरी बैनी, तिहारमा मलाई, सम्झेर नरुनु
ramro chha hai sathi haru

Get Widget