Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : झगडा छुट्याउन जाँदा छुरी प्रहारबाट ज्यान गयो

Tuesday, 4 June 2013

झगडा छुट्याउन जाँदा छुरी प्रहारबाट ज्यान गयो



खोटाङ - दुई समूहबीच भएको झगडा छुट्याउने क्रममा छुरी प्रहारबाट खोटाङमा एक जनाको ज्यान गएको छ। पाथेका र जालपाका युवाबीच भएको झगडा छुट्याउने क्रममा पाथेकाका युवाको छुरी प्रहारबाट खार्मी–६ का ४० वर्षीय ध्रुव श्रेष्ठको ज्यान गएको हो।

साकेला पर्वको अवसरमा खार्मीको तुर्खास्थित भूमेस्थानमा सोमबार भूमे पूजा तथा साकेला नाच भइरहेको समयमा दुई समूहबीच भएको दोहोरो झडप छुट्याउन गएका श्रेष्ठको छुरी प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
झगडा छुट्याउनेक्रममा खार्मी–९ का इखबहादुर राईसहित तीन जना घाइते भएका छन्। छुरी प्रहारमा संलग्न पाथेका–२ का २५ वर्षीय अविन राई, पाथेका–६ का ज्ञानराज राई, पर्वत राईलगायतको समूह फरार रहेको प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताए ।
अहिले प्रहरी टोलीले फरार युवाहरुको खोजी गरिरहेको छ। मृतक श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ।
पुरानो रिसइवीका कारण जालपा र पाथेकाका केही युवाबीच झगडा भएको प्रहरीको भनाइ छ।
खार्मीको तुर्खामा हरेक वर्ष वैशाख पूर्णिमाको दशमीका दिन भूमे पूजा गर्दै धुमधामका साथ साकेला नाच नाच्ने प्रचलन रहिआएको छ। रासस

No comments :

Get Widget