निजगढ (बारा), वैशाख २६ - एनेकपा माओवादीका भोजपुरा राज्य समिति सदस्य राजेन्द्र महतोको बुधवार राति दाउराको चिरपटले हानेर हत्या गरिएको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्षसमेत रहेका मण्डल राति नौ बजे छिमेकीको घरमा भएको बहुभोजमा सहभागी रहेको बेला स्थानीय प्रमोद महतोले बोलाई दाउराको चिरपटले खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए ।
उनका अनुसार हत्या गर्ने २० वर्षीय महतो चिरपट लिएर फरार छन् । 'एक साता अघि मण्डल र प्रमोदबीच सामान्य झगडा भएको थियो,' घिमिरेले भने, 'त्यही रिसको झोकमा रिसइबीले हत्या गरेको हुन् ।' घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले सोधपुछका लागि घटना स्थल वरपरका पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो केही समयदेखि मण्डल लेखापढी व्यवसाय गर्दै आएका थिए । उनका २ छोरा र एक छोरी र श्रीमती छन् ।
No comments :
Post a Comment