Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुनको मूल्य अस्थिर, १६ ले बढेको मूल्य फेरी घट्यो

Wednesday, 22 May 2013

सुनको मूल्य अस्थिर, १६ ले बढेको मूल्य फेरी घट्यो

८ जेठ, काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ । केहीदिनदेखी क्रमश घट्दै आएको सुनको मूल्य मंगलबार एक्कासी १६ सयले बढेपछी आज भने १ सय ४५ रूपैयाँले घटेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ५० हजार १ सय ५५ रूपैयाँ कायम भएको छ । मंगलबार एकैदिन १६ सयले बढेर प्रतितोला ५० हजार ३ सय पुगेको सुन आज १ सय ४५ ले घटेको हो । 
यस्तै, आज तेजावी सुन प्रतितोला ४९ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य मंगलबारको तुलनामा १ सय ४५ रूपैयाँ कम हो । मंगलबार तेजाबी सुन ५० हजार ५० रुपैयाँ र सोमबार ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । आज नेपाली बजारमा चाँदी तोलाको ८ सय ६४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेको थियो ।

No comments :

Get Widget