Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : निर्वाचन जेठ २३ गते पक्का

Saturday, 4 May 2013

निर्वाचन जेठ २३ गते पक्का


२१ बैशाख, काठमाडौ । संविधानसभा निर्वाचन अन्यौलमा परेपनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ २३ गते हुने भएको छ । त्रिभुवन विश्वबिद्यालग अन्तरगतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ २३ गते हुने पक्मका भएको हो ।
त्रिवि कार्यकारिणी सभाको बैठकले जेठ २३ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको एमाले निकट अखिलका अध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । संविधानसभा निर्वाचन अन्यौलमा परेपछि स्वयवियु निर्वाचनले मुलुकमा निर्वाचनको माहौल सृजना गर्ने उनले बताए ।
राजनीतिक अन्यौलताका कारण स्वयवियु निर्वाचन २०६५ सालयता भएको थिएन । स्ववियु निर्वाचनमा एमाले अखिल र माओवादीको अखिल क्रान्तिकारीबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएको छ । कागे्रस भातृ संगठन नेविसंघले भने ठूलो निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको ड्यास माओवादीको भातृ संगठनसंग तालमेलको तयारी गरिरहेको छ ।

No comments :

Get Widget