Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : राजधानीका मासुपसलमा आकस्मिक छापा, सिनो बेचेको पाइयो, होसियार !

Friday, 24 May 2013

राजधानीका मासुपसलमा आकस्मिक छापा, सिनो बेचेको पाइयो, होसियार !



काठमाडौं, जेठ, १० ।
पशुसेवा विभागले राजधानीका विभिन्न स्थानमा संचालित मासु पसलमा आज बिहान आकस्मिक छापा मारेको छ ।
पशु सेवा विभागका महानिर्देशक डा नरबहादुर रजवारको संयोजकत्वको टोलीले काठमाडौको टेकु र ललितपुरको लगनखेल र भैसेपार्टीका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मरेका पशुको सिनोलाई मासुको रूपमा बेचेको पाइएको अनुगमन टोलीका एक सदस्यले नेपालीहेडलाइन्सलाई जानकारी दिए ।
अनुगमनमा सहभागि उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँले उपत्याकाका मासु पसलले मासुका नाममा मन्द बिष बेचिरहेको आरोप लगाए ।
मरेको पशुको सिनो बेचिएको, भैसीका आन्द्रा पेलेर ममःको लागि मासु तयार गर्न लागिएको फेला परेको थियो ।
कुनैपनि मासु पसलले मापदण्ड पूरा गरेको नदेखिएको अनुगमन टोलीले बताएको छ ।-नेपालीहेडलाइन्स

No comments :

Get Widget