Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : रेग्मीले भने, 'विचरा म'

Saturday, 25 May 2013

रेग्मीले भने, 'विचरा म'

११ जेठ, काठमाडौ । मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले आफू चेपुवामा परेको गुनासो गर्न थालेका छन् । आफूलाई सरकारको तालाचाबी जिम्मा लगाउने चार दलमै निर्वाचनका विषयमा कुरा नमिलेको र जसो गर्दा पनि जस नपाउने स्थिति नदेखेपछी उनले यस्तो गुनासो गरेका हुन् ।
स्रोत भन्छ, दलहरुको कुरा नमिल्दा आफू असफल भैइने र चुनाव गर्ने नसकेपछि मंसिर पछी असफल भयो भनेर गलहत्याएर निकाल्ने त होइनन भनेर उनको निद हराम भएको हो ।
उच्चस्तरिय समितिका रहेका चार दल मध्य कांग्रेस-एमाले आउँदो संविधानसभामा ४९१ सदस्य संख्या र थ्रेसहोल्ड हुनु पर्नेमा अडिग छन् भने एमाओवादी र मधेशी दलहरू थ्रेसहोल्ड हुन नहुने र पुरानै ६०१ को संविधानसभा हुनु पर्नेमा अडाल लिइरहेका छन् ।
यसरी चारदलमै एकरूपता नभएपछी एउटा निर्णयमा पुग्न रेग्मीलाई गाह्रो भएको छ ।
यसैमेसोमा शुक्रबारको उच्चस्तरिय राजनैतिक समुहको बैठकले त निर्वाचनको मिति घोषणामा ढिलाइ गरेको भन्दै जानकारी माग्ने भनेपछि रेग्मीको ओठ तालु सुकेको बताइन्छ ।
निर्वाचनको आवश्यक कानुनमा सहमति नगर्ने तर निर्वाचनको मिति तोक भन्नु 'हलो अड्काएर गोरू चुट्नु' जस्तो भएको रेग्मीले विश्लेषण गरेको रेग्मीका भित्रियाहरूले बताएका छन् ।
चार दलबिच कुरा नमिल्दा संविधानसभा सद्स्य निर्वाचनसम्वन्धी अध्यादेश पारित गरेर राष्ट्रपति समक्ष पठाउन सकेका छन् ।
चारदलाई पेलेर जाने न हैसियत रेग्मीसँग छ न राजनैतिक उचाइ नै ।
तीन तिरबाट पेलिए

जीवन भर न्यायलयमा बिताएका भए पनि रेग्मीले आफ्नो वर्तमान अवस्थामा बारेमा केही विष्लेषण गरेको थाहा भएको छ । रेग्मीले आफ्ना अत्यन्तै निकटवर्तीलाई भने आफ्ना समस्याका बारेमा केही चुहाउने गरेका रहेछन् ।
आजकल उनले आफैलाई 'विचरा म' भन्दै केही भित्रियालाई सुनाउने गरेको विश्लेषण फेला परेको छ । रेग्मीले आफूलाई तीनतिरबाट चेप्ने गरिएको गुनासो गरेका छन् । स्रोतका अनुसार उनले चारदल, चार दल बाहेका दल र राष्ट्रपतिले सकेसम्म पेल्ने गरेको बताए ।
रेग्मीले क-कसले आफूलाई कसरी पेलेको भन्ने बारेमा पनि केही निकटका व्यक्तिलाई सुनाउने गरेका छन् । चार दलले एउटै निर्णय नदिएर गुमराह पारेको, काम गर्ने वातावरण नै तयार नपारेको उनको गुनासो रहेको छ ।
चार दल बाहिर विशेष गरि नेकपा-माओवादी आफूप्रति पुरै नकारात्मक रहेको रेग्मीको ठम्याइ रहेको छ । स्रोत भन्छ- रेग्मीका अनुसार राष्ट्रपति उनीप्रति सबैभन्दा अनुदार छन् ।
यसरी रेग्मीले तीन तिरबाट पेलिएको गुनासो गर्न थालेका छन् ।
कांग्रेस-एमाले 'वेबकुफ'

रेग्मीले कांग्रेस एमालेलाई 'वेबकुफ' पार्टी भन्ने गरेको बताइन्छ । उनले जहिले उचालिने र थचारिने पार्टीका रूपमा कांग्रेस-एमालेलाई विश्लेषण गरेका छन् । केही दिन कांग्रेस र एमालेका नेता मात्रै पुगेर आफ्ना निर्णय सुनाउँदै दबाब दिएपछी आफूलाई झपारेर चार दलको निर्णय ल्याउन भनेको पनि रेग्मीले बताउने गरेका छन् ।
फसिए जस्तो भो

रेग्मीले आफ्ना निकटवर्तीलाई बारम्बार सुनाउने छोटो वाक्य हो यो। स्रोत भन्छ, उनले आजकल अलि भन्ने गरेका छन् 'फसिए जस्तो भो ।'
आफूलाई विदेशबाट राम्रो साथ भएपनि देशभित्रकै राजनीतिले आफ्ना योजना सोत्तर पारेको बताउने गरेका छन् रेग्मीले ।
उनले न्यायलयमा हुँदा एउटा आदेशले काम गर्थ्यो यहाँ कसैले टेरपुच्छर समेत लाउँदैन्, उनको सटिक विश्लेषण न्यायालय र कार्यकारी सरकारको बारेमा ।

No comments :

Get Widget