Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछी इतिहास रचियो

Friday, 3 May 2013

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछी इतिहास रचियो

२० बैशाख, काठमाडौ । एसीसी वर्ल्ड क्रिकेट लिग डिभीजन ३ को आफ्नो चौथो खेलमा नेपालले इतिहास रच्दै ओमानलाई पराजित गरेको छ । अहिलेसम्म भएका कुनै पनि एकदिवसीय खेलमा ओमानलाई पराजित नगरेको नेपाली टोलीले पहिलोपटक विजय हात पार्दै इतिहास रच्दै डिभिजन ३ मा बस्ने सम्भावना जिवित राखेको छ ।
नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमानी टोली मात्र १ सय ३२ रनमा समेटिएपछी नेपाली टोलीले २८ रनले ओमानलाई पराजित गरेको हो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछी ओमानी टोलीले सबै विकेट गुमाउँदै ४६ ओभर ४ बलमा मात्र १ सय ३२ रन जोड्न सक्यो । ओमानका लागी एजे लालचेताले २४ रन, वाटेगाओनकरले २७ रन जोड्नुबाहेक अन्य ब्याट्स्म्यानले २० रन कटाउन सकेनन् । 
ओमानी टोलीलाई सस्तैमा समेट्न सञ्जम रेग्मी र बसन्त रेग्मीले समान २-२ विकेट चट्काएका थिए भने पारस खड्का, पृथु बास्कोटा र शक्ति गौचन समान १-१ विकेट लिएका थिए । 
यसअघि नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले ओमानलाई १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाली ब्याट्सम्यानहरू क्रिजमा राम्रोसँग जम्न नसक्दा नेपाल निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १ सय ६० रनको योगफल तयार गर्न सफल रह्यो । 
नेपाललाई उक्त स्कोरमा पुर्याउनका लागी ज्ञानेन्द्र मल्लले ३४ रन, बिनोद भण्डारीले ३२ रन, सरद भेस्वाकरले २७ रन र पारस खड्का २८ रन जोडेका थिए भने अन्य ब्याट्स्म्यानले दोहोरो अंक पनि जोड्न सकेनन् । 
नेपाललाई १ सय ६० रनको झिनो योगफलमा सिमित गर्नका लागी मुनिस अन्सारीले ३ विकेट चट्काएका थिए भने लालचेताले २ विकेट लिएका थिए । यस्तै, मेहेता, अमिर अलि र अमिर कलिमले समान १-१ विकेट हात पारेका थिए ।
खेलको म्यान अफ द म्याच नेपालका ज्ञानेन्द्र मल्ल घोषित भएका थिए । 
नेपालले अब आफ्नो अन्तिम खेल इटालीसँग शनिबार खेल्नेछ ।

No comments :

Get Widget