जेठ, एजेन्सी । अमेरिकालाई तर्साउँदै चीनले गत सोमबार एक मिसाइल प्रक्षेपण गरेको छ । चीनले करिब १० हजार किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल प्रक्षेपण गरेको हावर्ड विश्वविद्यालयका अमेरिकी वैज्ञानिकहरूले जनाएका छन् । 
वैज्ञानिकहरूका अनुसार उक्त मिसाइल सन् १९७६ सालपछि गरिएको सबैभन्दा लामो दुरीको मिसाइल प्रक्षेपण गरेको हो । उक्त मिसाइल सिन्जाङ सेटेलाईट लञ्च सेन्टरबाट प्रक्षेपण गरिएको अमेरिकाले जनाएको छ । 
तर, चीनले भने उक्त रकेट मिसाइल प्रक्षेपणका लागि नभई एन्टि-सेटेलाइट संयन्त्र बोक्नका लागि प्रयोग गरिने जनाएको छ । 
यता, अमेरिकाले पनि चीनका हरेक गतिविधीलाई निकै सुक्ष्म दृष्टीले हेरिरहेको छ । अमेरिकालाई चीनले गरेको प्रगति र उपलब्धीहरुले निकै सताउने गरकेो छ । चीनको प्रगतिका कारण अमेरिका समेत त्रस्त रहेको छ ।
 
 
 
 
No comments :
Post a Comment