Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बाबुरामलाई सर्पले डस्यो, बाबुराम ठहरै

Thursday, 16 May 2013

बाबुरामलाई सर्पले डस्यो, बाबुराम ठहरै

२ जेठ, धनगढी । कैलालीमा विषालु सर्पको डसाइबाट २ जनाको मृत्यु भएको छ । सर्पले डसेका व्यक्तिको उपचारको प्रयासस्वरुप विष चुस्ने क्रममा एकजना गुरुवा (वैद्य) समेत बेहोस भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूमा फूलबारी गाविस–३ की ६५ वर्षीया चन्द्ररुपा सिंह र गोदावरी गाविस–५ की ११ वर्षीया लावती नेपाली रहेका छन् । 
सर्पले डसेर बेहोस भएकी नेपालीलाई उपचार गर्ने भन्दै विष चुस्ने क्रममा बेहोस भएका फूलबारीका गुरुवा बाबुराम चौधरीको धनगढी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
सर्पको डसाइबाट बेहोस भएकी बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । राति सुतिरहेको अवस्थामा विषालु सर्पले दुवैलाई डसेको मृतकका आफन्तहरूले बताएका छन् ।
गर्मीयामको सुरुवातसँगै यस क्षेत्रमा बर्सेनि गोमन, करेतलगायतका विषालु सर्पको बिगबिगी हुने गर्दछ । दिउँसो दुलो वा ढुङ्गा, काठको थुप्रोमा लुकेर बस्ने विषालु सर्पहरू खानाको खोजीमा राति सर्वसाधारणका घरभित्र पस्ने गर्छन् । रासस

No comments :

Get Widget